|

काग्रेस,एमालेले १७ साल फर्काउन खोज्दैछन -अध्यक्ष पासवान

बिनोद परियार,रुपन्देही,२९ मंसिर । दलित जनजाती पार्टीका अध्यक्ष विसवेन्द्र पासवानले काग्रेस,एमालेले १७ साल फर्काउन खोजेको आरोप लगाउनुभएको छ । संविधानसभा विघटनपछि बर्तमान सरकारनै बैधानिक रहेको दावी गर्दै बकाग्रेस एमालेले सरकारको आयु समाप्त पारेर म्ुालुकलाई फेरी २०१७ सालको स्थितीमा पुर्‍याउन खोजेको बताउनुभयो । शुक्रबार (आज )भैरहवामा संञ्चारकर्मीसंग कुरा गर्दै पूर्व सभाषद समेत रहनुभएका नेता पासवनाले यस्तो बताउनुभएको हो । उहाले बाबुराम भट्टराईकै नेतृत्वमा सहमति सरकार बनाउनु उत्तम विकल्प भएको भन्दै राष्ट्रपतिले यहि सरकारमा सामेल हुन अन्य दललाई आह्वान गर्नुपर्ने बताउनुभयो।

राष्ट्रपतिले दिएको समयसिमामा फेरी पनि सहमति नहुने भन्दै राष्ट्रपतिले बर्तमान सरकारमै आउन दलहरुलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाले संविधानसभाको पुसर्नस्थापना कित बहुमत दलको आधारमा भट्टराईलाई राजीनामा गराउनुपर्ने अन्यथा प्रधानमन्त्रि परिवर्तन हुदैमा केहि नहुने उहाको तर्क छ । माओबादी,काग्रेस एमाले लगायतका दलले दलितलाई गुलाम मात्रै बनाउने भन्दै त्यसलाई तोड्न नेतृत्व असफल भएको टिप्पणी गर्नुभयो । उहाले भन्नुभयो –‘संविधानसभामा ५० जना दलित थिए तर कसैले आवाज उठाएनन । ’ अन्य पार्टीले दलितको मुद्धालाई प्राथमिकता नदिएको बताउदै दलित नेतत्व कडा रुपमा
प्रस्तुत हुनुपर्ने तर्क गर्नुभयो ।

Posted by Butwalonline on 4:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काग्रेस,एमालेले १७ साल फर्काउन खोज्दैछन -अध्यक्ष पासवान"

Leave a reply