ब्लड क्यान्सरबाट थलिएकी नेपाली चेलीको कुबेतमा निधन
भाईराम चौलागाईं ,कुवेत सिटी,मंसिर २९-ताप्लेजुङ स्थाई घर भएकी बिगत तिन साल देखि कुवेतमा घरायसी काम गर्दै आयकी वर्ष 21 की सविता आले मगरको ब्लड क्यान्सरका कारण हिजो बिहीवार बेलुका सातबजे निधन भएको सभा अस्पातलले जानकारी दियको छ।कुवेतको शैखा बदि्रया अलसवा अस्पतालमा ब्लड क्यान्सरका कारण भर्ना भएकी सविताको बोल्न नसक्ने अवस्थामा रहिकी र उनका लागि २० पीआरसी रगत दैनिक आवश्यक पर्ने जानकारीमा आएपछी ब्लड क्यान्सरका भएकी सविताको जीवनरक्षाको लागि रगत दान गर्न सम्पूर्ण नेपाली समाजलाई एक बिज्ञप्ति मार्फत नेपाली दुताबासले अनुरोध समेत गरेको थियो । सविताको ब्लड क्यान्सरको बिमारीले अस्पतालमा जिबन र मरणको दोसाधमा लडिरहेको खबर सार्बजनिक भएपछि कुबेतका नेपालीहरु तातेका थिए ।ओ पोजेटिभ ब्लड ग्रुप रहेको सविताको लागि रगत दान गर्न ब्लड बैंकमा नेपालीहरु जाने क्रम सुरु भएको थियो,हिजो मात्रै सबितालाई १३ जनाले रगत दान गरेका थिए भने आज शुक्रबारको दिन करीब ८० जनाले रगत दान गर्ने अनुमान गरिएको थियो ।सबितालाई दुई महिना पहिला उनको मालिकले जाहारा अस्पातलमा भर्ना गरेको थियो र पछी रिफर गरी शैखा बदि्रया अलसवा अस्पतालमा अस्पातलमा लगियको थियो । उनी बिमारी भई अस्पातलमा भर्ना भएको खबर कुवेतबासी नेपालीहरुले केहि दिन पहिला मात्रै थाहा पाएका थिए हामी सबैले थाहा पाउदा उनी सिकिस्त भई सकेकि थिईन
हामीलाई प्राप्त जानकारी अनुसार उनकी जेठी दिदि निरुता आले मगरले आफ्नी बहिनीको प्राथिक शरिर चाडो भन्दा चाडो नेपाल पठाउन पहल गरिदिनुहुन कुवेतमा रहेको नेपालि दुतावास र सम्वन्धित निकायहरुलाई अनुरोध गरेकी छिन।