|

भ्रष्टाचार बिरुद्ध अन्तराष्टिय दिवसका अबसरमा ईमान्दारीता सम्मेलन सम्पन्न

हेमराज भट्ट/नेपालगन्ज-चार बुादे प्रतिबद्धता घोषणा गर्दै आज नेपालगञ्जमा ईमान्दारीता सम्मेलन सम्पन्न भयो ।१० औं भ्रष्टाचार बिरुद्ध अन्तराष्टिय दिवसका अबसरमा सो सम्मेलन सम्पन्न भएको हो एक्सनएड र प्लान नेपालको सहयोग बासको संयोजन र तीन दर्जन बढि गैससको आयोजनामा सो कार्यक्रम नेपालगञ्जको भेरी प्राबिधिक शिक्षालयमा भएको हो ।

सम्मेलनको अन्तमा ४ बुादे प्रतिबद्धता घोषणा गरिएकोछ, जसमा देशमा असल शासन स्थापनाका लागि आआफ्नो कार्य ईमान्दारिता पूर्बक गर्ने, असल शासन, जवाफदेहिता, पारदर्शिता, सुचनाको हकका लागि आ आफ्नो क्षेत्रबाट योगदान दिने, समाजमा सामाजिक जवाफदेहिता स्थापना गर्नका लागि सबैको भुमिका सशक्त पार्ने र भ्रष्टाचार बिरुद्ध शुन्यसहनलिशताको बिकास गर्ने रहेका छन् ।

सम्मेलनमा अधिबक्ता प्रहलाद बहादुर कार्कीले असल शासनका चुनौतीहरु बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भ्रष्टाचार बिरुद्ध क्रियाशिल महोत्तरीकी सारदा भुसाललाई भ्रष्टाचार बिरुद्ध राष्टिय सम्मानले सम्मानित गरियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी बााकेका स्थानीय बिकास अधिकारी बिश्वराज डोटेलले सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

भुषाल महोत्तरीको धनौली, बनौली गा.बि.स.मा भएको लाखौंको भ्रष्टाचार बिरुद्ध १३ दिने आमरण अनसन बस्ने भ्रष्टाचार बिरुद्धकी महिला अभियन्ता हुन् । ग्रामिण स्तरबाट भ्रष्टाचार बिरुद्ध शसक्त रुपमा क्रियाशिल भुषालले भ्रष्टाचार बिरुद्धका थुप्रै मुद्धाहरु सर्बाेच्च सम्म पुऱ्याएकि छिन् ।

यस अघि भ्रष्टाचार बिरुद्धको राष्ट्रिय सम्मान २०१० मा असल शासन अभियन्ता केदार खड्का र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायालाई, २०११ म कान्तिपुर दैनिकका समाचार सम्पादक हरि बहादुर थापालाई प्रदान गरिएको थियो ।


कार्यक्रममा सम्मानित भुषालले भ्रष्टाचार बिरुद्धको अभियान चुनौतीपूर्ण भएपनि अभियानमा लाग्नुको बिकल्प नभएको बताईन् । कार्यक्रममा स्थानीय बिकास अधिकारी डोटेल, गैर सरकारी संस्था नेटवर्क, बााकेका अध्यक्ष चन्द्र तिमिल्सिना, बास सल्लाहकार रुद्र तिमिल्सिना, नेपाल पत्रकार महासाघ, बााकेका अध्यक्ष शुक्रऋषि चौलागाईं, ईन्प्रोकका तेज बिक्रम शाह लगाएतले बोलेका थिए ।
बास निर्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा स्वागत जिल्ला युवा क्लब सञ्जाल बााकेका अध्यक्ष आशिष बर्माले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन समेत गरिएको थियो ।भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासको संयोजनमा सम्पन्न उक्त कार्यक्रमको आयोजना स्याक नेपाल, मिलाप, जिल्ला युवा क्लब सञ्जाल, राईजिंग आईडल, दिगो सामाजिक बिकास केन्द्र, एस. डि. एफ., नेपालगञ्ज युथ सेन्टर, महिला मिलिजुली, केश नेपाल, सिप नेपाल, गैसस नेटवर्क, समर्पण, क्विन मेरी नेटवर्क, गो गो फाउण्डेसन, जिल्ला शान्ति सद्भाव समिति, मुश्लिम समाज बिकास चेतना केन्द्र, मास बााके लगायतका ३ दर्जन बढी गैससहरु ले गरेका हुन् ।अन्तरराष्टिय स्तरमा भ्रष्टाचार बिरुद्धको अभियानलाई अगाडि बढाउन सन् २००३ डिसेम्बर ९ तारिखको दिन राष्टसंघिय महासभा बाट भ्रष्टाचार बिरुद्ध संयुक्त अन्तरराष्टिय महासन्धि पारित भएको दिनको अवसरमा बिश्व भरि उक्त दिन भ्रष्टाचार बिरुद्धको अन्तराष्टिय दिवस मनाईन्छ ।


यसैगरी बासले आज संस्थाको १२ औं बार्षिकोत्सब मनाएकोछ, बिभिन्न शाखा, उपशाखाका साास्कृतिक प्रस्तुतीसागै बासले सो उत्सब मनाएको हो । २०५७ मंसिर २४ गते स्थापना भएको बासले आज आयोजना गरेको कार्यक्रममा बासका कलाकारहरुले नृत्य, गजल, गित प्रस्तुत गरेका थिए । बार्षिकोत्सबको उद्घाटन भ्रष्टाचार बिरुद्ध महिला अभियन्ता शारदा भुसालले गरिन् । कार्यक्रममा बास अध्यक्ष राजु लामिछाने, निर्देशक नमस्कार शाह लगाएतले बोले ।सो कार्यक्रमको संचालन महासचिब हेमराज भट्टले गरेका थिए ।

कार्यक्रममा  भ्रष्टाचार बिरुद्ध राष्टिय सम्मानले सम्मानित महोत्तरीकी सारदा भुसाल ।


कार्यक्रमका सहभागीहरु


कार्यक्रममा बोल्दै बााकेका स्थानीय विकास अधिकारी बिश्वराज डोटेल ।

Posted by Butwalonline on 5:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्रष्टाचार बिरुद्ध अन्तराष्टिय दिवसका अबसरमा ईमान्दारीता सम्मेलन सम्पन्न"

Leave a reply