सात वषिर्य छोरालाई भुण्ड्याएर मारेपछि आमाले पनि आत्महत्या गरीन
नवलपरासी,मङ्सिर २४-आफ्नो सात वषिर्य छोरालाई भुण्ड्याएर मारेपछि आमाले आत्महत्या गरेकी छिन् । नवलपरासीको कोल्हुवा–८ की २७ बर्षीय नेतकुमारी चौधरीले छोरा प्रकाश चौधरीलाई झुण्ड्याएर मारेपछि आफूले समेत आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
घरभित्र कोही नभएको मौका छोपेर चौधरीले छोरालाई झुण्ड्याएरको र आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको ईलाका प्रहरी कार्यालय कावासोतीको डिएसपी नान्तिराज गुरुङगले बताउनुभयो । हिजो दिउसो दुई बजेतिर घर भित्रको बलोमा उनीहरुलाई झुण्डिएको अबस्थामा देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।महिलाका श्रीमान् कृष्णलाल चौधरी बाहिर घुम्न गएका बेला घटना भएको प्रहरीले जनाएको छ ।