कोरियाली धार्मिक संस्थाको सहयोगमा बिद्यालय भवन निर्माण
किरणमान बज्राचार्य,कपिलवस्तु, मंसिर १९- कपिलवस्तुको बैदौली गाबिस– ४ सुठौलीमा कोरियाली एक धार्मिक संस्थाको सहयोगमा स्थानीय एक बिद्यालयमा भवन निर्माण भएको छ । कारिया बौद्ध धर्म छोज्य अन्र्तगत योङह्वा मन्दिरको सहयोगमा पशुपति शिक्षा मन्दिरको भवन निर्माण भएको हो ।
करिब ४७ लाखको लागतमा गुड ह्याण्ड नामक संस्थाको अगुवाईमा बनाईएको सो भवनको संस्थाका अन्र्तराष्ट्रिय अध्यक्ष सोङवल्चुले मंगलवार सो भवनको उदेघाटन गर्दै समुदमयलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा उहााले आफनो संस्थाले नेपालमा यस्ता सहयोग जारी राख्ने बताउनु भयो । निर्माण भएको भवन दुई ब्लकमा पााच कोठा रहेका छन् । सो बिद्यालयलाई स.स्थाले ६० थान डेस्क र बेञ्च समेत प्रदान गरेको थियो । कक्षा ५ सम्म पढाई हुने सो बिद्यालयमा बैदौली, बुढापार्, भैसहिया, ईटवा लगायत गााउका १ सय ९५ बिद्यार्थी अध्ययनरत छन् ।
यस अघि भवन अभावमा सो बिद्यालयले चौरमा पढाई संचालन गर्ने गरेको बिद्यालयका प्रअ तौलेश्वर यादवले बताउनु भयो । अहिले बिद्यालयमा अंग्रजी र नेपाली दुबै माध्यमा पढाई हुने गरेको उहााले जानकारी दिनु भयो । सो बिद्यालयलाई स्थानीय समाजसेवी सोमनाथ कुर्मीले जग्गा दान दिनु भएको थियो । यस्तै कुर्मीले नै सोही बिद्यालयलाई थप पााच कठ्ठा जग्गा प्रदान गर्ने मंगलवारको कार्यक्रममा घोषणा गर्नु भएको थियो । कृषि शिक्षा पढाईका लािग उहााले दिनु भएको सो जग्गामा सो संस्थाका अध्यक्ष सोङवल्चुले बृक्षारोपण गर्नु भएको थियो ।