|

कम्बोडियन बुद्धमार्गी द्धारा कपिलवस्तु स्थित बुद्धस्थलहरुमा सामुहिक प्रार्थना

कपिलवस्तु, १९ मंसिर-कमबोडियका साढे तीन सय बौद्धमार्गीले आज कपिलवस्तु स्थित आधा दर्जन बुद्धस्थलहरुमा सामुहिक प्रार्थना गरेका छन् । उहााहरुले सो स्थलहरुमा शान्तिकालागि प्रार्थना समेत गुर्न भएको थियो ।

कम्बोडियाको नोम्पेन स्थित बाट बटुम बटाई गुम्बाका प्रमुख गुरु पोई मेताको नेतृत्वमा सो टोली नेपाल आएको हो । नेपाल आएका उहााहरुले प्राचिन तिलौराकोट दरबार, राजा शुद्धोधन र रानी मायादेबीका समाधिमा निर्मित गरिएको भनिएको धमनिहवा स्तुप, राजा अशोक द्धारा निर्मित निग्लिहवाको अशोक स्तम्भ र निग्रोधराम (कुदान) को भ्रमण गरि र बुद्ध परम्परा अनुसार सामुहिक प्रार्थना र पुजा गर्नु भएको थियो । भ्रमणमा आएको टोली लाई प्रमुख गुरु पोई मेताले बुद्ध र बुद्धस्थलहरु मा प्रार्थना गराउनु भएको थियो । प्रचिन तिलौराकोट दरबार उनका बाबु राजा शुद्धोदनको दरबार हो जहाा गौतम बुद्धले ज्ञान प्राप्ती अघी आफनो जिवनको २९ बर्ष बिताएका थिए । त्यस्तै निग्रोधराम (कुदान) गौतम बुद्धले आफना छोरा राहुल लाई भिक्षु बनाएको स्थानको रुपमा परिचित छ ।

Posted by Butwalonline on 7:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कम्बोडियन बुद्धमार्गी द्धारा कपिलवस्तु स्थित बुद्धस्थलहरुमा सामुहिक प्रार्थना"

Leave a reply