लागु औषधि सेवनगर्ने युवाहरुको बेलाटारी क्षेत्रमा विगविगी
वृजराज कुशवाहा,नवलपरासी,मंसीर १९ नवलपरासीको परासी क्षेत्रमा नेपाल प्रहरीले कडाईगर्न थालेपछि भारतगई लागु औषधि सेवनगर्ने युवाहरु बेलाटारी क्षेत्रमा विगविगी बढेको छ ।
बर्दघाट, सुनवल, भूमही र दाउन्ने माकर क्षेत्रका लागु पदार्थ सेवन गर्ने युवाहरु बर्दघाटबाट सोझै बेलाटारी पुगेर त्रिवेणी र गुठी परसौनीको बाटो भै भारतीय बजारमा पुग्ने गरेका छन् । भारतीय बजारमा सेवन गरेर फर्कने दुव्र्यसनहिरु उच्च गतिमा मोटरसाइृकल चलाईदा दुर्घटना हुने गरेको भन्दै स्थानीयवासीले नियन्त्रणका लागि प्रहरीले कडाई गर्नुपर्ने माग गरेका छन् ।
