बाटो त छ मोटर कहिले भयन , टेलिकमको कार्यसमेत रोकियो
सि.टि.पोख्रेल, मासिर,१९, प्युठान -जिल्लाको दाखाक्वाडि , बर्जिबाड, बेलबास , सारि हुदै रोल्पाको खुग्री
जोड्ने लक्ष्य राखि निमार्ण कार्यसुरु गरियको जिल्लाको एक ग्रमिण सडक प्रयोग बिहिन भयकोछ । माडि क्षेत्रलाई सदरमौकाम साग जोडनको लागि सजिलो होस र स्थानिय स्थरमा उत्पादन गरियका कृषी जन्य सामाग्रीहरुलाई बजार सम्ममा ल्याउन सहयोग मिलोस भनि ४ बर्ष पहिला निमार्ण कार्य सुरुगरियको सो मोटरबाटोको स्थरउन्नति नहुदा र जिल्लाले पनि प्रथमिकता नदिदा प्रयोग बिहिन भयको हो ।
करिब २२ कि.मि. लामो रहेको उत्त बाटो प्रयोगमा आउन र गाडिहरु चल्न सकेको खण्डमा रोल्पाको खुग्री जानका लागि प्युठानको बिजुवार ,चकचके, गोठिबाड , भिगृं हुदै करिब ६२ कि.मि. को लामोयात्रा गर्नुपर्ने बाध्यताको अन्तेहुने देखिन्छ । प्युठानको भिगृं, बेलबास, सारि, बर्जिबाड र दाखाबडिका केहि क्षेत्रमा प्राथमिकताको साथमा उठने उत्त योजनालाई सरकारि पक्षहरुले प्रांथमिकताका साथमा नहेर्दा बाटोको निमार्ण कार्य पुर्णनभयको स्थानियहरुको भनाई रहेकोछ । ईलाका स्थरमा योजना तर्जुमा गर्दा प्रथमिकताको साथमा अगाडि परेको उत्त बाटो बहु उपयोगि मानियको भयपनि बाटो जोडने मात्र काम भयको तर त्यसलाई गुणस्थर उन्नति गरि सबारि साधनहरु साञ्चालन गर्नेमा कसैको ध्यान नगयको सारि गा.बि.स का गा.बि.स. प्रबिधिक युबराज भण्डारि ले बताउनु भयको छ । उहाले भन्नु भयो करिब २२ कि.मि. लामो उत्त बाटो निमार्ण भयको भयपनि सबारि साधनहरु चल्न नसक्दा स्थानियमा निरासा छायको छ । जिल्लाले अन्तर्र जिल्ला को बाटोलाई मात्र प्रथमिकताका साथमा उठाउने र स्थानिय स्थरका बाटो लाई प्रथमिकता नदिने भन्छ , गा.बि.स हरुको एक्लो प्रयासले नहुदोरहेछ भण्डरिको भनाई रहेको छ ।
अर्का तिर बाटोको निमार्ण कार्य पुरा भयपनि बाटो मा सबारि साधनहरु चल्न नसक्ने भयपछि बेलबास ४ मा रहेको नेपाल टेलिकम को टावर को कार्यलाई सुचारु गर्न सकियको छैन् । बेलबास गा.बि.स को वडा. ३ र ४ लाई लक्षीत गर्दै
त्यसक्षेत्र का स्थानियले ल्यान्डलाई टेलिफोन र ईमेल ईन्टरनेट को सुबिधाको माग गरेको र त्यो सुबिधा पुऱ्याउने उदेश्यले टाबर को निमार्ण गरियपनि सेबा भने हाल सम्म दिन नसकेको नेपाल टेलिकम क्षेत्रिय कार्यालय दाडका अधिकृत खगेश्वर कालाथोकि ले बताउनु भयको छ । उहाले भन्नु भयो टेलिकम को टावर त भाद्र महिना नलाग्दै निमार्ण गरिसकेका थियौ तर सेबा साञ्चालनका लागि ठुलो ब्याटिरि जडान गर्नुपर्छ , त्यो ब्याटिरि मान्छेले बोकेर लैजाने सम्भब छैन ,दसै सम्म त जसरि भयपनि सेबा सुचारु गर्ने लक्ष्यहो कसरि सेबा साञ्चालन गर्ने समस्या परेको छ उहाले भन्नु भयो ।प्युठानका दजनै ठाउहरुमा यसरि अल्पत्र पारियका बाटोहरु आजभोलि क्ष्यापक्ष्याप्ती पाईन थालरेको छ । कतिपय गा.बि.स हरु मा त गा.बि.स को एक आर्थिक बर्ष मा बाटो निमार्ण कार्य लाई सम्पन्न गर्ने र अर्को आर्थिक बर्ष आयपछि बाटो निमार्ण गर्दा लागेको रिणलाई चुत्ता गर्ने प्रचलन हरुको पनि हाबि हुदैगयको छ । बाटो को निमार्ण कार्य सुरु हुनु भन्दा पुर्ब बाटो कहिले पुग्छ र केहि सामान भयपनि सबारि साधन हरुमा राखेर ल्याउने लैजाने गरैला भनि केहि भयपनि खुख्खको प्रतिक्षामा रहेका धेरै प्युठानी हरुले सुख्ख को ठाउमा उल्टै आफुहरु माथि रिण आउदा दुख्खमा पर्न थालेका छन् ।
बेलबास गा.बि.स को बेलबास सोत्रे बाट बेलबास ३ मा रहेको बेलबास गाउमा मोटरबाटो निमार्ण गर्दा प्रतिघर दुरि ३ हजार का दरले पैसा उठायर मोटरबाटो पुऱ्यका बेलबास बासिहरु कोहि कोहिले त रिण तिर्न नसक्दा अहिले पछुताउन थालेको बताउनु हुन्छ बेलबासका बाबुराम गोराथोकि उहाले भन्नु भयो गाउयमै मोटरबाटो आउछ ,किराना उपभोग्य बस्तुहरु गाउमै सुलभ भाउ मा पाईन्छ भनि हर्षित भय का थियौ र खुसिका साथमा पैसा उठायौ तर अहिले न बाटो मा गाडि नै हिडछ नत पैसा फिर्ता हुन्छ गाउमा अधिकाशं ले पैसा उठाउन सक्ने स्थिति त छ तर केहि भने उठाउन सक्ने स्थीतिका पनि छैनन् कसैले त रिण काडेका थिय तर त्यो रिण चुत्ता गर्न अहिले उनिहरु लाई मुस्कील भयको छ । बाटो मा स्थरउन्नति गर्न र बाटो मा सबारि साधनहरु चल्न नसक्दा स्थानियहरुको समस्या पहिले को जस्तै रहेको छ । बाटो मा सबारि साधन चल्न सकेको खण्ड मा बेलबास ३, ४, २, पुरै भाग , १ नम्बर वडा का केहि भाग र रोल्पा का अरेस का केहि भाग का गरि करिब ५ सय घरदुरि हरु ले बाटो बाट फाईदा लिन सक्ने देखियको छ ।
बेलबास को बडा. न. ३र ४ मा मात्र २ सय ८ घरदुरि साख्या रहेको छ । बेलबास का स्थानियहरु लाई दैनिक उपभोग्य सामाग्रीहरु लिन का लागि दैनिक ३ घण्टा को आउने र जाने गरि कष्ठकर यात्रा भोग्न बाध्य छन् । स्थानिय मात्र नभई पढने बिधार्थि हरु समेत बाटो मा सबारि साधन चलेमा लाभाम्भीत हुने बेलबास ३ मा घर भई हाल अमर उच्च मा.बि. मा १२ कक्षामा अध्यनरत एकराज कालाथोकि ले बताउनु भयको छ । उहाले भन्नु भयो अहिले कोठा भाडा मा लियर भिगृ्रं मै बस्न बाध्य भयका छौ तर सबारि साधन चल्नसकेको खण्ड मा त घरबाटै आउने जाने गर्न सक्थेउ भाडा को कष्ठकर जिबन त बिताउन पर्दैनथियो उहाले दुखसो पोख्नु भयो ।