|

खासाबाट काठमाडौं ल्याउँदै गरेको नौ किलो अवैद्य सुन बरामद

काभ्रे, मंसिर १९ - चीनको खासाबाट काठमाडौं ल्याउँदै गरेको अवैद्य ९ केजी सुन प्रहरीले मंगलबार बिहान बरामद गरेको छ ।

बा २ ख २८२५ नम्बरको शिलबन्दी कन्टेनर भ्यानको ड्राइभर बस्ने सिटको अगाडि लुकाएर काठमाडौं ल्याइँदै गरेको ९ केजी सुन काभ्रेको धुलिखेल चेकपोस्टबाट मंगलबार बिहान ४ बजे बरामद भएको हो । प्रहरीले भ्यान चालक सिन्धुपाल्चोक तातोपानी गाविस- ४ का ४६ वर्षीय सेते तामाङलाई नियन्त्रणमा लिएको छ ।

चालकले प्रारम्भिक बयानमा काठमाडौं महाबौद्धका एक व्यापारीका लागि सुन ल्याएको बताएका छन् । व्यापारीको नाम प्रहरीले गोप्य राखेको छ ।

काभ्रे प्रहरी प्रमुख गीता उप्रेतीले घटनाबारे अनुसन्धान भइरहेको बताइन् । 'चालकको बयानका आधारमा थप अनुसन्धान थालेका छौं,' ईकान्तिपुरसँग उनले भनिन्, 'संलग्न व्यापारीलाई पनि नियन्त्रण गर्छौं ।'

बरामद सुनको नेपाली मुल्य ४ करोड ६० लाख २६ हजार रुपैयाँ हुन्छ । चीनबाट अवैद्य सुन भित्रन थालेको आशंकामा सुरक्षा जाँच कडा पारिएको थियो ।
समाचार  कान्तिपुर बाट

Posted by Butwalonline on 6:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खासाबाट काठमाडौं ल्याउँदै गरेको नौ किलो अवैद्य सुन बरामद"

Leave a reply