|

लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने गुरुयोजना तयार

काठमाण्डौ मंसिर १९ - लुम्बिनीलाई विश्व शान्ति सहर वनाउने गुरुयोजना तयार भएको छ । कोरियाका प्राध्यापक क्वाकले सोमवार एमाओवादीका अध्यक्ष एवम् बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र पर्यटनमन्त्री पोष्टवहादुर वोगटीसमक्ष प्रारम्भीक गुरुयोजना प्रस्तुत गरेका हुन् ।

लुम्बिनीलाई केन्द्रविन्दुमा राखी तयार पारिएको गुरुयोजना कमलको फूल आकारको हुनेछ । लुम्बिनीलाई बीचमा राखेर चारैतिर पाँच/पाँच माइल अर्थात ६ हजार ४ सय हेक्टरमा बन्ने प्राध्यापक क्वाकको गुरुयोजनामा उल्लेख छ । आजको  कान्तिपुर दैनिकले समाचार छापेको छ । प्रचण्डले प्रारम्भिक गुरुयोजना राम्रेा भएको प्रतिक्रिया दिए । ‘यो प्रारम्भिक गुरुयोजनावारे राम्रो छलफल भयो,’उनले संक्षिप्त प्रतिक्रिया दिए ।

पर्यटनमन्त्री वोगटीले गुरुयोजनाबारे निरन्तर छलफल हुने वताए । गुरुयोजनामा चार क्षेत्र हुने उल्लेख छ । त्यसअनुसार बुद्ध , धर्म, संघ र उपासक क्षेत्र हुनेछन् । यी क्षेत्र निर्माणका लागि तीन अर्ब डलबर लाग्ने अनुमान छ । त्यसका लागि राष्ट्रसंघ, विश्बवैँक लगायतले सहयोग गर्ने प्राध्यापक क्वाकले वताएका छन् । राष्ट्रसंघका महासचिव बान कि मुनसंग राम्रेा सम्बन्ध रहेका क्वाक लामो समयदेखि लुम्बिनी शान्ति सहर वनाउने अभियानमा लागेको उनका सहयोगीले वताएका छन् । लुम्विनी विकासको अभियानलाई लिएर एमाओवादी अध्यक्ष प्रचण्डलाई न्युयोर्कमा मुनसंग क्वाकले नै भेट्ने व्यवस्था मिलाएका थिए ।
समाचार  ऑनलाइन  खबर

Posted by Butwalonline on 6:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने गुरुयोजना तयार"

Leave a reply