|

धादिङमा फेरी अर्को एक माओवादी पुर्व कार्यकर्ताको हत्या

धादिङ,मंसिर १९ । धादिङमा एकीकृत नेकपा माओवादी जिल्ला सदस्य विजय तामाङको हत्या भएको चौविस घण्टा नवित्दै फेरि अर्का पुर्व कार्यकर्ता मारिएका छन् । चौबिस घण्टा नबित्दै धादिङमा फेरी अर्को एक व्यक्तिको हत्या भएको छ । विजयको हत्या गरेको आरोप लागेका दार्खा गाउं विकास समिति वडा नम्बर ७ का भीषण सिंखडाको गएराती हत्या भएपछि प्रतिशोधका घटना बढ्ने संकेत देखिएको छ । सिंखडाको शव दार्खा गाउं विकास समिति वडा नम्बर १ रातमाटेको जंगलमा फेला परेको छ । उनको शव पछाडि हात बाँधी धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा प्रहरीले फेला पारेको हो । सिंखडा विजय तामाङको हत्याका आरोपी भएकाले प्रतिशोधमा उनको हत्या भएको हुनसक्ने स्थानीयहरुले बताएका छन । विजय तामाङको हत्याको आशंकामा प्रहरीले अन्य ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अशोक तामाङ, अमर तामाङ, मिलन लामा, किरणसिंह सिंखडा र मान बहादुर गुरुङ रहेका छन् । हिजो विहान उत्तरी धादिङको गुम्दी ८ सातदोवाटो नजिक हत्या गरिएका विजय तामाङको आज सदरमुकाम धादिङबेसीमा शवयात्रा गरी अन्त्यष्टि गरिने एकिकृत नेकपा माओवादीले जनाएको छ । हत्याका घटना बढेपछि आजबाट सशत्र प्रहरी समेत परिचालन गरी सुरक्षा गस्ति बढाईएको छ ।
समाचार  इमेज च्यानल  बाट

Posted by Butwalonline on 7:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धादिङमा फेरी अर्को एक माओवादी पुर्व कार्यकर्ताको हत्या"

Leave a reply