पुस ३ गते उत्पीडित जातिय मुक्ति समाजले रजतजन्ती मनाउने
बिनोद परियार,बुटवल,२५ मंसिर -नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीको आज (सोमबार) बुटवलमा बसेको विस्तारिक बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले पुस ३ गते मुक्ति समाजको रजतजन्ती जातिय विभेदका विरुद्ध कार्यक्रम गरेर मनाउने गरि कार्यक्रम तय गरेको हो ।
दलित आन्दोलनको ईतिहास,आगामि कार्यदिशा र रुपन्देहीमा दलितमाथि हुने विभेद र शोषण विरुद्ध सरोकारवालाको ध्यानआकर्षण गराउने गरि अन्तरक्रिया कार्यक्रम गरिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले अविराम विकलाई कार्यपत्र लेखनको संयोजक,सुरेश्री विश्वकर्मा प्रचार प्रसार, यमलाल विक मञ्च ब्यवस्थापन,माया बराललाई आर्थिक संयोजोक तोकेको छ ।
मुक्ति समाजले रजतजयन्तीको रुपमा मनाउन लागेको स्थापना दिवसको अवसरमा अन्तरकृया,पत्रकार भेटघाट र प्रशिक्षण कार्यक्रम तय गरेको जनाएको छ । यसैगरि बैठकले एमालेको सातौं जिल्ला अधिबेशनबाट कमला विक,जोगलाल विक,प्रेम सेन्चूरी,माया बराल सन्तु धवल जिल्ला सदस्य र रेवन्त विश्वकर्मा लेखा समिति सदस्यका निर्वाचित भएकोमा बधाई दिएको थियो ।,साथै मुक्ति समाजको रिक्त कोषाध्यक्ष यमलाल विश्वकर्मा र उपसचिवमा ईन्दिरा सापकोटालाई मनोनीत गरेको छ । समाजका जिल्ला अध्यक्ष नन्द बहादुर खड्काथोकीको अध्यक्षता केन्द्रिय सदस्य एकराज विश्वकर्माको प्रमुख आतिथ्य तथा सचिव सुरेन्द्र श्री विश्वकर्माको संचालनमा भएको कार्यक्रममा समाजका नेताहरु डोलेन्द्र गहतराज,लक्ष्मण नेपाली,प्रेम सेन्चयूरी,माया बराल लगायतले बोल्नुभएको थियो ।