|

लोड सेडिङले नापी कार्यालय रुपन्देही काम थप्प

भैरहवा  मंसिर १९-  नेपालमा चलिरहेका लोड सेडिङको सबै भन्दा बढी मारमा नापी कार्यालय रुपन्देही परेको छ । पुरानो जिल्ला अदालतको भवनमा रहेको नापी कार्यालयमा उज्यालो छिर्ने ठाउ नभएकोले सामान्य रुपमा लाईन जादा पनि काम रोक्ने बाध्यता रहेको अमिन रामराज यादवले यादवको गुनासो रहेको छ ।

नक्साको ब्ल्यु प्रिन्ट लिन नापी कार्यालय रुपन्देही गएका संघिय सदभावना पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष केशव राम त्रिपाठीले पटक पटक धाउदा पनि नक्सा नपाएको गुनासो गर्दै पैसा पाए तत्काल नक्सा बनाईदिने गरेको आरोप समेत लगाउनुभएको छ ।

यसै गरि रुपन्देहीको सदरमुकाम भैरहवाबाट ३० कि.मी. टाढा बिकट क्षेत्र मर्चवारबाट कित्ता काट गर्न भनि आएका राम अचल कुर्मि लाईन नभएको जवाफ सुनि त्यतिकै फर्किन बाध्य भएका छन । लोड सेडिङको मौका छोपी अमिनहरुले सेवाग्राहीहरुको  काम नगरेको तथा मोटो रकम लिई मोबाईलको टर्च बालेर भए पनि कित्ता काट तथा अन्य काम गरि दिएको समेत निज कुर्मिको  आरोप रहेको छ ।

Posted by Butwalonline on 6:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लोड सेडिङले नापी कार्यालय रुपन्देही काम थप्प "

Leave a reply