|

लुम्विनी एक्स्पो २०६९ तथा अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी तिव्र

विनोद  परियार , बुटवल  मंसिर १९-रुपन्देही ब्यापार संघको आयोजनामा सम्पन्न हुन गईरहेको लुम्विनी एक्स्पो २०६९ तथा अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी तिव्र रुपमा भैरहेको मेला सचिवालयले जनाएको छ । रामनगरस्थित बुटवल मण्डपमा हुने मेलाको तयारीका लागि गठित उपसमितीहरुले आफ्नो मातहतका कामहरु सम्पन्न गरिसकेको र कतिपयको काम अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ ।

आगामी पौष ६ गते देखि संचालन हुने मेलाको आकर्षण र अवलोकन कर्ताहरुको मनोरञ्जनका लागी गठित सांस्कृतीक उपसमितीले राष्ट्रिय कलाकार र स्थानिय प्रतिभाहरुसंग ब्यापक छलफल गरेको छ भने बालउद्यान उपसमितीले बालबालिका हरुका लागी बिगत भन्दा फरक खालका खेल सामग्री तथा अन्य साधनहरु भित्र्याउने तयारी गरिरहेको छ । मेलामा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको प्रर्दशन तथा उपभोक्ता जागरण कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउने तयारी गरेको मेला परामर्शदाता ललित सिंखडाले बताउनुभयो । उहांले एकै प्रकारका उत्पादनका धेरै स्टल भन्दा पनि विभिन्न प्रकारका उत्पादनहरु भित्रयाउने प्रयास भईरहेको बताउनुभयो ।

विगतका वर्षमा स्वदेशी व्यवसायीहरुले मात्र स्टल राख्दै आएकोमा यस पटक भने वंगदादेश, चिन, पाकिस्तान, भुटान, भारत लगायतका देशका ३० भन्दा बढि कम्पनीले मेलामा सहभागिता जनाउने उहांले बताउनुभयो ।

यसैविच भैरहवामा यहि मंसिर २१ देखि पौषको १ गते सम्म सञ्चालन हुने लुम्बिनी पर्यटन महोत्सव,कृषि तथा राष्ट्रिय औद्योगिक ब्यपार मेला २०६९ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन । लुम्बिनी पर्यटन महोत्सव,कृषि तथा राष्ट्रिय औद्योगिक ब्यपार मेला २०६९ को मुल आयोजक समितिका संयोजक बिण्णु प्रसाद शर्माका अनुसार मेलाको तयारी ९९ प्रतिशत सम्पन्न भएको र मेला स्थलमै अस्ट्रिच चराको मासु बिक्री, जिउदो माछा बिक्रि, हेलिकप्टर बाट लुम्बिनी दर्शन तथा बिभिन्न बौद्ध गुम्बाहरुको होर्डिङ बोर्डहरुद्धारा मेला स्थलमै लुम्बिनीको दर्शन गराउने भएकोले बिगतको मेलाको तुलनामा यो मेला पृथक हुने दावी रहेको छ ।

Posted by Butwalonline on 6:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्विनी एक्स्पो २०६९ तथा अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी तिव्र"

Leave a reply