सम्पत्ती शुद्धिकरण मुद्दामा चिनियाँ नागरिक ली जिउ लीनलाई दोषी ठहर
काठमाडौं, मंसिर १९-विशेष अदालतले सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा चिनियाँ नागरिक ली जिउ लीनलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले चिनियाँ नागरिक लीनलाई दोषी ठहर गर्दै १ बर्ष कैद तथा २१ लाख २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
त्यस्तै अदालतले लीनको साथबाट बरामद भएको २१ लाख २५ हजार रुपैयाँ र २१ लाख रुपैयाँ मोल गरिएको जापानी निशान जीप जफत गर्ने फैसला पनि गरेको छ । लीनसँग रहेको २२ लाख ५० हजार मध्ये १ लाख २५ हजार रुपैयाँ मात्रै आफ्नो खेतीबाट आर्जन गरेको देखिएको विशेष अदालतको ठहर छ ।