बुटवलमा भएको अन्तर्राष्टिय रेस्लिङ महाभिडन्तको उपाधि हिमालय टाईगरलाई
विनोद परियार , बुटवल मंसिर १९-नेपाल पर्यटन खेलकुद संघको आयोजनामा आज बुटवलमा भएको अन्तर्राष्टिय रेस्लिङ महाभिडन्तको उपाधि नेपालका रेस्लर दि हिमालय टाईगरले प्राप्त गरेका छन् । नेपालका अन्तर्राष्ट्रिय रेस्लर भरतवहादुर विसुराल (“दि हिमालयन टाईगर”)ले अष्ट्रेलियाका सुपर स्टार हार्टली ज्याको ज्याक्सनलाई हराएका हुन । टाईगरले च्याम्पियनसिप टाईटल बेल्ट र नगद दुईलाख रुपैयाँ पुरस्कार पाएका छन् ।
बुटवलको कालिका उच्च माबि कालिकानगरमा शुरु भएको प्रतियोगितामा नेपाली महिला रेस्लर भगवती खडका (युनिका) र अमेरिकाकी द ग्रेट चेन्ने आल्माका वीच, अमेरिकाका द ग्रेटनेस टिम मेम्वर द ग्रेट माल्लाकी र जापानका युसुके उदेका वीच पनि प्रतिष्पर्धा भएको थियो । त्यस्तै नेपाली खेलाडी महेश्वर कोजु र नरर्सिङ गोपालीका वीच तिव्र प्रस्पिर्धा भएको थियो ।
बुटवल जेसिसको सहआयोजनामा भएको प्रतियोगितामा हास्यकलाकार मनोज गजुरेल गायक जीवन शर्माको उपस्थितीले दर्शकहरु झुम्मिएका थिए । खेलको एमाओबादी पोलिटब्ूयूरो सदस्य चन्द्र प्रकाश शर्माले उद्घाटन गर्नुभएको हो । रेस्लर खेलाडीलाई आफ्नैआखा अगाडि देख्न पाउदा धेरै उतसि भएका थिए ।