|

लुम्बिनीमा बौद्धमार्गीले चढाउँदै आएको करोडौं रुपैयाँ कागजको खोस्टासरह ‘डम्प

काठमाण्डौं  पुस  १६-सरकार र राष्ट्रबैंकले पहल नगरिदिएकाले लुम्बिनीमा विभिन्न मुलुकका बौद्धमार्गीले १९ बर्षदेखि चढाउँदै आएको करोडौं रुपैयाँ कागजको खोस्टासरह ‘डम्प’ भएको छ । ती मध्ये धेरैजसो सडेर गइसकेको छ ।

कोषका कर्मचारीका अनुसार लुम्बिनीमा चढाइने विभिन्न मुलुकका पैसामध्ये विशेष गरी श्रीलंका, बर्मा, कम्बोडिया र भियतनामका बौद्धमार्गीले चढाउँदै आएका ती देशका नेाट ‘डम्प’ गरेर राखिएको हो । ती नोट नेपालमा नचल्ने भएकाले कोषले साट्न नपाएका कारण समस्या परेको हो । ती मुलुकका नागरिकले मासिक सरदर ३ लाख नेपाली रुपैयाँ बराबरको पैसा चढाउँछन्, अझ पर्यटकीय सिजनमा महिनाको दश लाखसम्म हुन्छ । ती मुलुकबाहेक नेपालमा पैसा नचल्ने अरु देशका नागरिकले समेत नोट चढाउँने गरेका छन् । कोषले २०५० देखि अशोक स्तम्भमा एउटा र मायादेवी मन्दिरमा दुइटा डोनेसन बक्स (दानपेटी) राखेको छ । कोषले दानपेटी भरिएपछि विभिन्न कार्यालयका प्रतिनिधिको रोहवरमा खोलेर पैसा गन्ती गरी राख्ने गरेको छ ।स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 7:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीमा बौद्धमार्गीले चढाउँदै आएको करोडौं रुपैयाँ कागजको खोस्टासरह ‘डम्प"

Leave a reply