|

बुटवलमा दुई दिने इही यज्ञ (सामुहिक बेल बिवाह) शुरु

विनोद  परियार , बुटवल  मंसिर १९-आजदेखि बुटवलमा दुई दिने इही यज्ञ (सामुहिक बेल बिवाह) शुरु भएको छ ।नेवा: पुच: बुटवलको आयोजनामा सामुहिक बेल बिवाह शुरु भएको हो ।

बुटवल ८ स्थित कालिका मन्दिरमा नेवा: ब्राम्हण (राजापाध्याय)बाट विधिपूर्वक पूजा गरि बिवाह शुरु भएको हो । बिवाहमा अमेरिका र भारतबाट एक एक जना तथा रुपन्देहीसहित दाङ,प्यूठान,अर्घाखांची,नवलपरासी,कपिलवस्तु,पाल्पाबाट गरि ४२ जना कन्याको सहभागिता रहेको नेवा: दय: दबुका राष्ट्रिय उपाध्यक्ष क्याप्टेन विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । भोली सांझ कन्याहरुको सामुहिक कन्या दान गरेपछि बिवाह सकिने उपाध्यक्ष श्रेष्ठले बताउंनु भयो ।

बेल बिवाह शुरु हुंनु अघि कालिका मन्दिरबाट शुरु भएको बिवाह ऱ्यालीले बुटवल बजार परिक्रमा गरि मिडिया चोकस्थित विभुति साख्वाधरको शालिक परिक्रमा गरि पुन: कालिका मन्दिरमा आएर बिवाह मण्डपमा परिणत भएको थियो । कार्यक्रम अन्तरगत नेवा:पुच: बुटवलले मंसिर २१ गते सामुहिक ब्रतबन्धको कार्यक्रम राखिएको अध्यक्ष अरुणलाल श्रेष्ठले जानकारी दिनु भयो । ब्रतबन्धमा १५ जनाको सहभागिता रहने श्रेष्ठले बताउंनु भयो ।

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा दुई दिने इही यज्ञ (सामुहिक बेल बिवाह) शुरु"

Leave a reply