|

यात्रुबस र मोटरसाईकल एकआपसमा ठोक्किादा मोटरसाईकल चालकको मृत्यु

नेपालगंज  मंसिर १९- पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा यात्रुबस र मोटरसाईकल एकआपसमा ठोक्किादा मोटरसाईकल चालकको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ आईरहेको ना ४ ख ४५७० नम्बरको यात्रुबस र कोहलपुरबाट लमहीतर्फ गईरहेको भे २ प ७३७२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किादा कालिकोट फुमाहादेवीका ३९ वर्षका कर्म नेपालीको घटनास्थलमा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।दुर्घटनामा मोटरसाईकल सवार सुर्खेत तातोपानीका ३० वर्षका राजु थापा गम्भीर घाइते भएका छन् ।

Posted by Butwalonline on 6:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुबस र मोटरसाईकल एकआपसमा ठोक्किादा मोटरसाईकल चालकको मृत्यु"

Leave a reply