बुटवलका होटल तथा रेष्टुरेण्टबाट आपत्तिजनक अवस्थामा युवा-युवतीहरु पक्राउ
लक्ष्मण पोखरेल,बुटवल,मंसिर २७ –इलाका प्रहरी कार्यालय बुटवलले होटल व्यवसायी संघको आचार सहिंता पालना नगरेको अवस्थामा पक्राउ परेका युवा–युवतीहरुलाई सहमतिमा छाडेको छ ।होटल तथा रेष्टुरेण्ट व्यवसायी र सञ्चार कर्मीहरुको रोहवरमा पक्राउ परेका १४ जना युवक र १० जना युवतीहरुलाई आज छोडिएको हो ।
बुटवलको कालिकानगरमा रहेको कोशिस कटेज, हट चिल्ली, शानु, अस्पताल लाईनको ए–वान, मिलनचोकको मनकामना,नेपालगञ्ज रोडको कक्टेल लगायतका ७ वटा होटल तथा रेष्टुरेण्टबाट बुधबार राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक रामेश्वर कार्कीले जानकारी गराउनुभएको छ ।होटल तथा रेष्टुरेण्ट संघको आचारसंिता विपरित ग्राहकसंग बसेर आपत्तिजनक अवस्थामा खाना खाइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरी निरिक्षक कार्कीले जानकारी गराउनुभएको छ ।
त्यस अवसरमा प्रहरी निरिक्षक रामेश्वर कार्कीले पहिलो पटकको लागि सहमतिमा छोडिएको पुन: संघकै आचासंिहता पालना नगरेको अवस्थामा फेलापारे आवश्यक अनुसार कानुनी कारवाही गरिने बताउनुभएको छ ।विकृति र विसंगति गर्ने होटल तथा रेष्टुरेण्टहरुलाई संघको सदस्यबाट हटाउनसमेत आग्रह गर्नुभएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका महासचिव समुन्द्र जी.सीले संघले विकृति र विसंगति हटाउने पहल गरिरहे पनि पूर्ण रुपले राक्न नसकिएको बताउनुभयो ।
संघका महासचिव जी.सीका अनुसार गरिविका कारण होटल तथा रेष्टुरेण्टमा काम नगरी गोप्यरुपमा कोठा खोजी मोवाईलबाट ग्राहकलाई सम्पर्क गरी विकृति खालका व्यवसाय सञ्चालनसमेत गरेका छन् ।