क्याननमा परम्परागत भेषभूषा प्रर्दशनी
मसिंर २८ शुक्रबार-बुटवल १० सुख्खानगरमा रहेको क्यानन उच्च माध्यमिक विद्यालयले आज परम्परागत भेषभूषा प्रर्दशनी कार्यक्रम गरेको छ । नेपाली संस्कृतिमाथिको बढदो बिदेशी अतिक्रमणलाई रोक्न सचेत गराउदै नेपाली भेषभूषाको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातीले लगाउने परम्परागत पोशाक प्रर्दशनी गर्नुका साथै त्यससगं सम्बान्धित परम्पराको बारेमा जानकारी गराएका थिए । विद्यालयका आठ समुहले भाग लिएको प्रतियोगितामा सिनियर तहमा साजन क्षेत्रीको नेतृत्वमा रहेको समुह उत्कृष्ठ भएको छ भने जुनियर तहमा ममता भण्डारीको नेतृत्वमा रहेको समुह उत्कृष्ठ भएको छ । यस्तै उत्कृष्ठ जोडीको रुपमा यूनिशा श्रेष्ठ र सृजित बस्याल पुरस्कृत भएका छन । भेषभूषा सम्बन्धि सोधिएको प्रश्नको उत्कृष्ठ जवाफ दिएर सन्देश ज्ञवाली उत्कृष्ठ घोषित भएका छन ।
विद्यालयका प्राचार्य महेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख दिनेश खड्काले गर्नुभएको थियो ।