|

न्यू स्ट्याण्डर्डको २१ औं बार्षिकोत्सब सम्पन्न

बुटवल,पुस ३ - न्यू स्ट्याण्डर्ड ईङ्लिस हाई स्कूल बुटवल १४ नयागाउले आज एक कार्यक्रमका बिच २१ औं बार्षिकोत्सब तथा अभिभाबक दिबस मनाएको छ ।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षता तथा निजी तथा आबाशिय बिद्यालय अर्गनाईजेशन प्याब्सन रुपन्देही अध्यक्ष कृष्ण खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयले सप्ताहब्यापि रुपमा संचालन गरेको अतिरिक्त कृयाकलापका उत्कृष्ट,बार्षिक परिक्षामा उत्कृष्ट बनेका बिद्यार्थी,शिक्षक तथा सहयोगिलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै निजी तथा आबाशिय बिद्यालय अर्गनाईजेशन प्याब्सन रुपन्देही अध्यक्ष कृष्ण खनालले रुपन्देहीको पश्चिम क्षेत्रमा रहेर शैक्षिक बिकास र गुणस्तरका लागि बिद्यालयले राम्रो भूमिका खेलेको उल्लेख गर्नुभयो ।उहाले शिक्षक,बिद्यार्थी तथा अभिभाबकले बिद्यालयका हरेक काममा सहयोग पुऱ्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेसो रुपन्देहीका नारायण खनालले उक्त बिद्यालय समुदायमा रहेका सबै प्रकृतिका समुदायका बिद्यार्थीका लागि उपयुक्त रहेको बताउनुभयो ।

 सो अबसरमा बोल्दै बिद्यालयकी प्राचार्य तथा सदस्य सचिब शारदा ज्ञवालीले सबैको सहयोगका कारण बिद्यालयले अहिले सम्म रामै्र सफलता पाएको उल्लेख गर्नुभयो ।कार्यक्रममा अभिभाबक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली,प्रेसो रुपन्देही सदस्य हेम थापा,अनन्तराम शर्मा,बिद्यालयका भूपु सदस्य घनलाल बस्याल, बिद्यालयका उपप्राचार्य तथा कार्यक्रम संयोजक बाबुराम भण्डारी,शिक्षक होमनाथ कडेंल,भूपु शिक्षक ईश्वर काफ्ले लगायतले बोल्दै बिद्यालयको सफल भबिश्यको कामना गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न कला संस्कृति झल्कीने नृत्हरु प्रस्तुत गरेका थिए ।

Posted by Butwalonline on 5:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यू स्ट्याण्डर्डको २१ औं बार्षिकोत्सब सम्पन्न"

Leave a reply