भूमिहिनहरुको अनिश्चित कालीन धर्ना जारी
राधेश्याम बिश्वकर्मा,भैरहवा, पौष ३ - भैरहवाको मालपोत कार्यालय, सुकुम्वासी समस्या समाधान आयोगको कार्यालय र वन कार्यालय अगाडी जिल्ला भुमिअधिकार मञ्च रुपन्देहीको आयोजनामा पौष २ गते देखि शुरु भएको सुरक्षित बास सबैलाई खेती योग्य जमीन जोतहा किसानलाई भन्ने नारा सहित, रुपन्देहीमा रहेका भूमि समस्या समाधान र भूमि अधिकारबाट बन्चितहरुको अनिश्चित कालीन धर्नाआज पनि जारी रहेको छ ।
सरकारले देशका प्रत्येक नागरिकलाई गास,बास, कपासको ब्यवस्था गर्ने भनि बिभिन्न अन्र्तराष्ट्रिय अभिसन्धिहरुमा हस्ताक्षर गरे पनि भुमि अधिकारबाट बञ्चित सुकुम्वासी, भुमिहिन, अब्यवस्थित बासोबासी, उखडा पिडित आदिको भुमिअधिकारको सुनिश्चितताको लागी सरकारले केही नगरेको हुदा भुमिअधिकारको सुनिश्चितताको लागी ध्यानाकर्षण गराउन पुष २ गते देखि मालपोत कार्यालय, सुकुम्वासी समस्या समाधान आयोग र जिल्ला वन कार्यालयमा अनिश्चितकालीन धर्ना कार्यक्रम गर्न बाध्य हुनु परेको आयोजक जिल्ला भुमिअधिकार मञ्च रुपन्देहीले जनाएको छ ।
उनिहरु राती तथा दिउसो सम्बन्धित कार्यालय अगाडी नै खाना पकाई खाने तथा गणतान्त्रिक सभागृहमा सुत्ने गरेका छन ।धर्ना कार्यक्रम चले पनि दिउसो कार्यालय सञ्चालनमा कुनै अवरोध नगर्ने आयोजकहरुले बताएका छन ।
जिल्ला भुमिअधिकार मञ्च रुपन्देहीको तथ्याड्ढ अनुसार रुपन्देहीमा उखडा पिडित करिब ५०००, सुकुम्वासी १८०००, हरुवा चरुवा १००० र गाउ ब्लक पिडित करिब ३०००० रहेको जनाएको छ ।
उखडा जग्गा जोतहाको नाममा दर्ता गर्नको लागी मालपोत कार्यालय प्रमुखलाई अधिकारी तोकिएकोले मालपोत कार्यालयले आ८नो काम कार्यवाही छिटो भन्दा छिटो अगाडी बढाओस । निशर्त रुपमा उखडा जग्गा जोतहाको नाममा दर्ता गरियोस, सुकुम्वासी परिचय पत्र बितरण गरियोस लगायत बिभिन्न ६ बुदे माग राखी धर्ना कार्यक्रम शुरु गरिएको मञ्चका अध्यक्ष ओम प्रकाश बारीले जनाएका छन ।
