|

पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मंगलबार सम्पन्न

लक्ष्मण पोखरेल,बुटवल ३ पुस । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा संचालित दोस्रो पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मंगलबार सम्पन्न भएको छ ।  प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाइनल खेलमा  मेन्स डबलतर्फ पोखराका  शम्भु श्रेष्ठ र नरबहादुर गुरुङको जोडी  विजेता बनेका छन् ।

उनीहरुले पोखराकै विशाल हिराचन र लक्ष्मण श्रेष्ठको जोडीलाई २१–१८, २२–२४ र २१–१५ ले पराजित गरेका हुन् ।यस्तै मेन्स सिंगलतर्फ पोखराकै भुगोल गुरुङ विजेता बने । उनले पाल्पाका बसन्त बज्राचार्यलाई २१–१७ र २१–११ को सोझो सेटमा पराजित गरे । यस्तै भेटन्स डबलमा बाग्लुंगका निर्माणकुमार बासु र राजेन्द्र शाक्यको जोडी विजेता बने । उनीहरुले हेटौंडाका बीके बोस र महेश श्रेष्ठको जोडीलाई २१–१८ र २१–१३ को सोझो सेटमा पराजित गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पश्चि क्षेत्रीय तालिम केन्द्र बुटवलका वरिष्ठ प्रहरी उपरीक्षक कमल सिंह बम, आयोजक क्लबका अध्यक्ष श्यामबहादुर पुन, क्लबका उपाध्यक्ष इन्द्रलाल श्रेष्ठ, प्रतियोगिता संयोजक प्रतिक पोखरेल, मुख्य प्रायोजक  जीप्पर क्लोथिंगका संचालक दीपक श्रेष्ठ, लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । मेन्स डबल र भेट्रान्स डबलका विजेताले ३० हजार र उपविजेताले २० हजारका दरले तथा मेन्स सिंगलका विजेताले २० र उपविजेताले १० हजार रुपैयां नगद प्राप्त गरेका छन् ।

समापन समारोहमा प्रमुख अतिथि सिंह, क्लबका अध्यक्ष  पुन, प्रतियोगिता  संयोजक पोखरेल,सचिव रमेश थापा, खेलाडीको तर्फबाट पोखराका नरबहादुर गुरुङ लगायतले बोल्दै  सरकारी स्तरबाट गरिनुपर्ने प्रतियोगिता जिनी स्तरबाट बुटवल ब्याडमिन्टन क्लबले गरेर सराहनीय काम गरेको धारणा राख्नुभएको थियो । प्रतियोगिततामा पश्चिमान्चलका १६ जिल्लाका साथै चितवन र मकवानपुरबाट समेत गरी एक सय १५ टिमका २ सय बढी खेलाडीले भाग लिएका थिए ।प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयां खर्च लागेको प्रचारप्रसार संयोजक दिलिप गौचनले बताउनुभयो । 

Posted by Butwalonline on 5:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मंगलबार सम्पन्न"

Leave a reply