पोलियो थोपा खुवाउने ६ कार्यकर्ताको हत्या
कराँची, पुस ३ - पाकिस्तानको राजधानी कराँचीमा पोलियो थोपा खुवाउने ६ जना कार्यकर्ता गोली हानी मारिएका छन् । २० मिनेटको समयभित्र कराँचीका बिभिन्न स्थानमा गोली हानी उनीहरु मारिएका हुन् ।नियोजितजस्तो देखिने घटना कसले र किन गरायो भन्ने थाहा हुन सकेको छैन् । कसैले पनि यसको जिम्मेवारी लिएको छैन् । संयुक्त राष्ट्रसंघको कार्यक्रमअन्तर्गत् बालबालिकालाई पोलियो थोपा खुवाउन खटिएका उनीहरु बिना कारण मारिएपछि पाकिस्तानभर सन्त्रास फैलिएको छ । घटनाको सर्वत्र निन्दा भएको छ । स्रोत :कान्तिपुर

