|

सामान्य घरायसी विवादमा हसियाले हानेर श्रीमतीको हत्या

कञ्चनपुर,पौष १२ । कञ्चनपुरमा सामान्य घरायसी विवादमा एक युवकले हसियाले हानेर श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका– १० गड्डाचौकीका ३३ वर्षिय राम लुहारले २८ वर्षिया श्रीमती विमला लुहारको हत्या गरेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । विमलाको टाउको पछाडीको भाग हसियाले छियाछिया परेको जनाईएको छ । विमलाको मुख बाँधेर हसियाले हिर्काएका कारण छिमेकले समेत घटनाबारे थाहा नपाएको बताइएको छ । अभियुक्त राम लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामान्य घरायसी विवादमा हसियाले हानेर श्रीमतीको हत्या"

Leave a reply