फर्निचर उद्योगमा बेवारिसे बम
चितवन, २३ मंसिर । चितवनको शारदानगर–२, सौगातचोकमा भेटिएको बेवारिसे बम नेपाली सेनाले निष्कृय बनाएको छ ।शम्शेर दल गण भरतपुरको टोलीले बम निष्कृय पारेको ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी सहायक निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए ।
३ लिटरको प्रेसर कुकुर बम कसले किन राखेको हो भन्ने खुलेको छैन । स्थानीय रामबहादुर गुरुङको तमु काष्ठ फर्निचर उद्योगको मेसिनमुनी बम फेला परेको थियो ।
समाचार सौर्य दैनिक बाट