|

जिप दुर्घटनामा दुई जनाको मृत्यु ४ जना घाइते

टेकनारायण भट्टराई, पाल्पा, मंसिर २५- पाल्पाको कचल गाविस झिंगामारामा आज भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। लु१ज २२४७ नम्बरको जीप दुघर्टनमा परी ४ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुघर्टनामा परी कचल ९ की ४२ वर्षीया मीना खड्का र रुपन्देही पर्रोहा गाविस ४ की ३५ वर्षीया गंगा बगालेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले जानकारी दिए पाल्पा कचलकी २७ वर्षीया मीना खड्का, ४० वर्षीया लक्ष्मी पुरी, ५६ वर्षीया बालकुमारी पुरी र सन्धीखर्क ७ अर्घाखाँचीकी बसुन्धारा घाइते भएका छन्।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मृतक दुबैजनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार ओरालोमा रोकि राखिएको जिप व्याक भएर दुर्घटना भएको हो। रूपन्देहीको सैनामैनाबाट पाल्पाको कचलका लागि जिप छुटेको थियो।
समाचार  :नागरिक न्यूज बाट

Posted by Anonymous on 6:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटनामा दुई जनाको मृत्यु ४ जना घाइते"

Leave a reply