|

गुल्मि सेवा समाज युएईको देउसि भैलो तथा दोहोरि गित प्रतियोगिता सम्पन्न

गिता मणि पाण्डे युएई डेस्क १६ अक्टोवर सुक्रवारका दिन गुल्मि सेवा समाज युएईले देउसि भैलो तथा दोहोरि गित प्रतियोगिता बर दुवईमा रहेको एभरेष्ट ईन्टरनेसनल होटलमा संंस्थाका अध्यक्ष संकर ज्ञवालीको सभापतित्वमा युएईका लागि नेपाली राजदुत धनञ्जय झाको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रमको सन्चालन गिता मणि पाण्डेले गरेका थिए ।

रोजगारीको सिलसिलामा युएईमा छरिएका गुल्मेलि दाजु भाई दिदी वहिनीहरुलाई एकावद्ध गर्ने हेतुले अक्टोवर १० तारिक २०११ कादिन समाजको स्थापना गरिएको थियो । तर आदिकारिक कार्यक्रम पहिलो भएकोले यसले आज आएर युएईमा अहिले सम्म नभएको नमुनाको रुपमा देउसि भैलो तथा दोहोरि गित प्रतियोगिता भएको जानकारि सस्थाका अध्यक्षले गराएका थिए|


उक्त कार्यक्रममा राजदुतावासका द्धितीय सचिव ललित श्रेण्ठ , लोक सुवेदी , यमलाल शर्मा पगेनि , क्ण्ण केसि , चन्द्र रोकाहा , हरी नेपाली , लक्ष्मण खनाल , डि एल शर्मा , प्रकाश कौइराला , भुपति न्यौपाने , वावुराम पौडेल , गोपाल कडेल , शुरेस ढकाल आदिको उपस्थिती रहेको कार्यक्रममा सभापति र प्रमुख अतिथीवाट दियो जलाएर उद्घाटन गरिएको कार्यक्रममा देउसि भैलो गित गाएर स्वागत गरिएको थियो ।

स्वागत मन्तव्य दिदैं कार्यक्रका सयोजक लक्ष्मण भण्डारी वाट सवै सघ संस्थाका पदाधिकारि , वुद्धिजीवी , व्यवसायी ,पत्रकार , साहित्यकार , समाजसेवी , नेपाली दाजु भाइ दिदी वहिनीहरु त्था प्रतियोगितामा भाग लिन आउने कलाकारहरु लाइ स्वागत गरेका थिए प्रतियोगितामा भाग लिन टाढा टाढा वाट आएर १५ टिमले भाग लिएका थिए भने खुल्ला प्रतियोगिताको लागि निर्णायक मण्डलको निणर्य वाट ४ जनाको छनोट गर्दै अनिल सापकोटा प्रथम , सुदिप प्रयासी द्धितीय , प्रकाश न्यौपाने विरही त्तिय ,विष्णु भटटराई चौथो स्थानमा भएको घोषणा गरिएको थियो भने सम्पुर्ण कलाकारहरुले प्रतियोगितामा राम्रो गर्नु भएको अझै आउने दिनहरुमा अझै राम्रो हुनेमा विश्वास दिलाईको थियो । अन्तमा विजेताहरुलाइ सभापति र अतिथीवाट सिल्ड , प्रमाण प्रत्र र पुरस्कारवाट सम्मान गदै कार्यक्रमका सभापतिवाट गुल्मि सेवा समाज युएइको वारेमा प्रष्ट पार्दै उपस्थित सवैलाई धन्यवाद दिदैं अव आउने दिनहरुमा सघ सस्था सग हातेमालो गर्दै काम गर्ने प्रतिवद्धता जाहेर गर्दै सभा विर्सजन गरिएको थियो ।








Posted by Butwalonline on 5:40 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुल्मि सेवा समाज युएईको देउसि भैलो तथा दोहोरि गित प्रतियोगिता सम्पन्न "

Leave a reply