शिक्षा नितिलाई डोजर लगाउनु पर्छ : शिक्षा मन्त्रि
श्रीराम सिग्देल,नवलपरासी २ मंसिर-शिक्षा मन्त्री दिनानाथ शर्माले वर्तमान शिक्षा निति पहाड बनेर परिवर्तनलाई रोकेकोहुदा डोजर लगाएर भत्काउनु पर्ने वताएका छन् । साथै उनले यो नितीलाई आगो लगाएर जलाउनु पर्ने पनि वताए ।
शनिबार कावासोतीमा एमाओवादी निकट अखिल नेपाल शिक्षक संगठनको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त कुरा बताएका हुन् । देशको परिवर्तन अनुकुल शिक्षानितीले फड्को मार्न नसकेको भन्दै आफूले पनि केही गर्न नसकेको उनले स्वीकार गरेका छन् । शिक्षा ऐनलाई परिवर्तन गर्नका लागि अध्यादेश ल्याउन लागिएको भए पनि राष्ट्रपतिकहाँ रोकिएको बताउदै उनले हामी सक्रमणमा रहेका कारण चाहेर पनि परिवर्तन गर्न नसकेको बताए ।
त्यसै गरि उनले अब स्कुल क्याम्पस या कुनै पनि शैक्षिक संस्थामा आन्दोलन गरि तालबन्दी गर्नेलाई प्रशासन लगाएर गिरफ्तार गर्ने बताएका छन् ।
शिक्षा क्ष्ोत्रमा देखिएको विकृति र विसंगती हटाउनका लागि अव आईन्दा कोही कसैले विद्यालय वन्द गरेमा त्यो समूहलाई प्रशासनले गिरफ्तार गर्ने बताए । मन्त्री शर्माले भेलालाई सम्बोधन गर्दै मंञ्चमा रहेका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिदै शैक्षिक क्षेत्रमा जथाभावी अन्दोलन एवं तालाबन्दी हुने चलन बडे पछि शैक्षिक अराजकता रोक्न शिक्षा मन्त्रि शर्माले अब देखी स्कुल क्याम्पसमा हडताल गरि तालाबन्दी गर्नेलाई प्रहरी प्रशासन लगाएर भए पनि गिरफ्तार गर्न जिल्ला शिक्षा अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
मन्त्रि शर्माले शिक्षक संगठनका नेताहरुलाई ईङ्गित गर्दै भने विद्यार्थीको भविष्यमा खेलवाड हुने गरि शैक्षिक क्षेत्रमा आन्दोलन गर्नु भन्दा मेरो टाउकोमा आगो लगाउनुहोस, बरु मेरो पुतला जलाउनुहोस तर शैक्षिक क्षेत्रमा आन्लदोलन नगर्नुस । अब शैक्षिक विकासको समया आएको छ त्यसैले अब शैक्षिक विकासका लागी सबै मिलेर लाग्नु पर्ने बताउदै उनले आगामी एक वर्षको अवधिमा नेपालको निरक्षरताको अन्त्य गर्ने योजना रहेको बताए ।
आफुले शिक्षा क्षेत्रको सुघारका लागी नयां रोजगारी सृजना गर्न शिक्षा आयोग खोल्न लागेको वताए । नेपालमा यो वर्ष मात्रै उच्च माध्यमिक तहमा चार हजार दरवन्दी सिर्जना गरि स्थायी गरिन लागेको पनि वताए ।
पिमलाल भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभन्न शिक्षक संगठनका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए । सम्मेलनले नया जिल्ला कार्यसमिति चयन गर्ने छ ।