पुर्व सभासद्का श्रीमानको शंकास्पद मृत्यु
किरणमान बज्राचार्य,कपिलबस्तु, २ मंसिर-पुर्बसभासद् शान्तिदेबी हरिजनका श्रीमान पतिरामप्रसाद हरिजनको शंकास्पद मृत्यु भएको छ ।कपिलवस्तुको सौराहा गाबिस ९ अकबरपुर ४८ बर्षका उनको मृत्यु शंकास्पद देखिएको हो । बाबुको मत्युबारे दुबै छोराले फरक फरक कुरा बताए पछि मृत्यु शंकास्पद बनेको हो । शक्रवार राती खाना खाएर सुतेका उनी बिहान बिछउनामै मृत अबस्थामा भेटिएका थिए । राती सुतेको उनी बिहान ९ बजे सम्म पनि नउठे पछि घरमा खैलाबैला मच्चिएको थियो । श्रीमती शान्तिले खेतमा काम गर्न गएका दुई छोरा प्रदिप र संपिदलाई बोलाई पछि उनीहरुले बाबुलाई मरेको अबस्थामा पाएका थिए ।
बाबुको मृत्यु भए पछि छोरा र छिमेकी मिलेर शबलाई उठाएर बाहिर ल्याई राखेका थिए । ठुला छोरा प्रदिपले बाबु सुतेको कोठाको ढोका नखुले पछि छिमेकी महेन्द्र, मायाराम र रामशरणलाई बोलाई छडले ढोका फुटालेर हेर्दा बाबु झण्डिएर मरेको अबस्थामा फेला परेको बताए । बाख्राको दाम्लोमा झुण्डिएको अबस्थामा फेला उनको घाटीको डोरी काटेर बाहिर ल्याई लाशलाई सुताएर राखिएको बताए । उता कान्छा छोरा संदिपले भने बन्द ढोका फुटालेर हेर्दा बाबु मरेको अबस्थामा फेला परेको बताए ।
दुबै छोराको भनाई फरक फरक आउनुले मृत्युलाई शंकास्पद मानिएको छ । त्यस्तै शबको देखे पनि प्रहरीलाई खबरै नगरि आफै डोरी काटेर बाहिर निकालेर राख्नुले घटना शंकास्पद भएको स्थानीयबाी बताउछन् । पुर्बसभासद् शान्तिदेबीले भने मानसिक रोरी रहेकाले श्रीमानको मृत्यु भएको दाबी गरिन ।
प्रहरीले भने घटनाको अनुसन्धान भईरहेको प्रिहरी उपरिक्षक राजेन्द्र ढकालले बताए । पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र केही भन्न सकिने उनले बताए ।एक प्रहरी निरीक्षकले घटनाको शंकास्पद रहेको बताए । उनले घाटीमा सानो चोटको डाम जस्तो देखिएका र परिबारले पोष्टमार्टम गर्न नमानेकोले शंकास्पद भएको उनको भनाई छ । शुरुमा परिबारले पोष्टमाटमका लागि शब ल्याउनै दिएका थिएन् । एमाले नेता बलराम अधिकारीले भने पछि मात्र परिवारजनले प्रहरीलाई पोष्टमार्टमका लागि शब ल्याउन दिएका थिए । घटनाको खबर पनि परिबारले प्रहरीलाई गरेका थिएनन् प्रहरी स्रोतले बतायो । गाउलेबाट थाह पाई प्रहरी घटना स्थल पुगेको थियो ।
परिबार र मृतक बाबु बीच एक डेढ बर्ष देखि झैझगडा हुदै आएको गाउलेहरु बताउछन् । झैझगडा बढे पछि उनी अत्यधिक मदिरा सेबन गर्दै आएका एक गाउलेले बताए । एक बर्ष अघि साउदीअरबबाट फर्के पछि घरमा बढी बिवाद भएको स्थानीयबासी बताउछन्
हरिजनलाई एमालेले समानुपातिक तर्फबाट सभासद् बनाएको थियो ।
फोटो बिवरण : पुर्बसभासद् शान्तिदेबी हरिजनका श्रीमान पतिरामप्रसाद हरिजनको मृत्यु भए वछि घरमा आएका स्थानीयबासी ।
तस्बिर : किरणमान बज्राचार्य
Posted by Butwalonline
on 10:00 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response