चाडपर्वहरुको प्रगतिशिल रुपान्तरण आजको आवश्यकता
रुपन्देही,२ मंसिर । साहित्यकार मोदनाथ प्रश्रितले आवश्यकता भन्दा बढि चाडवाड मनाउनाले समय खेरगएको बताउनु भएको छ । नेपालमा बहुधार्मिक,बहुभाषिक र भौगौलिक विविधता भएकाले चाडपर्व लामो समय सम्म मनाउनाले श्रृजनशिलताको कमि भएकै कारण नेपाल नै पछाडि धकेलिएको बताउनुभयो ।
प्रगतिशिल लेखक संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको ‘चाडपर्वहरुको प्रगतिशिल रुपान्तरण आजको आवश्यकता’ बिषयक विचार गोष्ठिमा बोल्दै साहित्यकार प्रश्रितले नेपालमा प्रचलित पर्वहरुको विषयमा धार्मिक र संकृतिक महत्वमा बोल्दै यस्तो बताउनुभएको हो । उहाले दशै सांकृतिक विवाद रहेको बताउनुहुदै ,तिहार,तिज,छठ जस्ता पर्व धेरै दिनसम्म मनाउदा समय खेर जानुका साथै आर्थिक बोझ थपिएकाले राष्ट्रलाई हानी पुगेको बताउनुभयो ।
संकृतविद प्रश्रितले दशैं तथा अन्य पर्वमा वाताबरणीय आवारणनै परिर्वतन दिईने ठुलो परिमाणका पशुवली, तिजमा लगाईने अनावश्यक गहना र तिहारमा भित्रीयका भट्कीला विकृती रोक्नु पर्नेमा जोड दिादै अन्य समुदायको पर्वमा देखिएको तडकभडक हटाउनुपर्ने बताउनुभयो । हिन्दु, मुस्लिम, ईस्लाम र बौद्धधर्मको नाममा नेपालमा विवाद नहरेको भएपनि नेपाललाइ सवै चाडपर्व खनाउने कवाड खाना बनाएकोमा सजक हुनु पर्नेमा जोड दिनु भयो । सबैले समुदाय र धर्मका पर्वहरुको सास्कृतिक महत्वलाई संरक्षण गर्ने ढंगले छोटो अवधिमा मनाउनुपर्ने उहाको सुझाव छ ।
कार्यक्रममा साहित्यक क्षेत्रका ब्यक्तित्व, प्राध्यापक, पत्रकार र शिक्षाप्रमीहरुको सहभागिता थियो । प्रगतिशिल लेखक संघका अध्यक्ष डा.मुरारी पराजुलीको अध्यक्षता, साहित्यकार ऋषि आजादको संचालनमा भएको कार्यक्रममा कलाकार सिन्धु जलेसाले गित प्रस्तुतु गर्नुभएको थियो ।