|

दिपावली तथा छटको अवसरमा शुभकामना आदान प्रदान

बुटवल २६ । नेपालीको दोस्रो महान चाड दिपावलीलाई मर्यादितथा सभ्य बनाउनको लागि एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।

आईतबार प्रगतिनगर बस्ती विकास तथा प्रवन्ध समिति र हात्तीसुण बस्ती विकास समितिको संयुक्त आयोजनमा गरिएको दिपावली तथा छटको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन  ।

कार्यक्रममा बोल्दै एनेकपा माओवादीका केन्द्रीय सल्लाहकार रामचन्द्र भट्राईले तिहारलाई सभ्य बनाउनको लागि सबैले आ आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए । उनले विकासमा राजनीति गर्न नहुने भन्दै कुनै पनि समाज तथा राष्ट्रको विकासका लागि त्यसठाउको स्थानिय विकासमा जोड दिए  ।

कार्यक्रममा नेकपा एमाले बुटवल नगर अध्यक्ष रामचन्द्र क्षेत्रीले राजनीतिमा स्थाईत्व भएमा मात्र देशमा शान्ति आउने भन्दै चाडपर्व भनेको देशमो सस्कृती पहिचान गर्ने एउटा अवसर भएकोले यसको लागि सभ्य तथा भव्य रुपमा चाडपर्व मनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस वार्ड नम्बर १३ का सभापती चित्र बहादुर बर्माले पनि पर्व आफ्नो गक्ष अनुसार मनाउनु पर्ने बताएका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य रुद्रहरी कु“वरले चाड पर्वलाई रचनात्मक काम गरेर मनाउनु पर्ने र विकृती रहित पर्व बनाउनुपर्ने बताएका थिए ।

सपन कुमार एञ्जिलको सञ्चालन तथा प्रगतीनगर बस्ती विकास समितिका अध्यक्ष मनोज मनोज रानाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष विर बहादुर के.सीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रय जनमोर्चाका राम बहादुर केसी, हात्तीसुर्ण बस्ती विकास समितिका अध्यक्ष भिमसेन श्रेष्ठ, लुम्बिनी मेट्रो क्लबका अध्यक्ष राजकुमार तुलाचन, बुनपा १३ टोल विकास समितिका संयोजक ज्वती अर्याल, एनेकपा माओवादीका महेन्द्र भुषाल लगायतले मन्तव्य राखेका थिए ।

Posted by Butwalonline on 6:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दिपावली तथा छटको अवसरमा शुभकामना आदान प्रदान"

Leave a reply