|

भट्टराई नेतृत्वको सरकार अधिनायकवादी बाटोमा-विष्णु पौडेल

नेकपा एमालेका सचिव विष्णु पौडेलले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा लागेको आरोप लगाउनुभएको छ । संविधान निर्माण गर्न नसकी संविधानसभा विघटन गर्ने, आफैले घोषणा गरेको निर्वाचन गराउन नसक्ने र कुर्सी पनि नछोड्ने शैलीले सरकार अधिनायकवादी बाटोमा लागेको पुष्टी भएको उनले बताएका छन् ।

एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. ४ रुपन्देहीले विजयादशमी, दीपावली, इद, छठ, ल्होसार र नेपाल संवतका अवसरमा आज बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै एमाले सचिव पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल संयोजक छविलाल विश्वकर्माले एमाओवादी राष्ट्रिय सहमति निर्माणका लागि नभै सहमति खलबल्याउन लागि परेको आरोप लगाएका छन् ।

Posted by Butwalonline on 6:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " भट्टराई नेतृत्वको सरकार अधिनायकवादी बाटोमा-विष्णु पौडेल"

Leave a reply