नेवाः पुचः बुटवलको बृहद भेला तथा छलफल सम्पन्न
बुटवल २६ कार्तिक । नेवाः पुचः बुटवलको आयोजनामा आज बुटवलमा बृहद भेला तथा छलफल सम्पन्न भएको छ । संचारविद् विदुर कायश्थ र बुटवलका नेवार अगुवाहरुबीच छलफल सम्पन्न भएको हो ।कार्यक्रममा नेवार भाषा,संस्कृति,साहित्य,रीतिरिवाज संरक्षण,विकास र उत्थानका लागि कस्तो भूमिका खेल्ने भन्ने लगायतका विषयमा छलफल भएको नेवाः दय दबुका राष्ट्रिय उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।नेवाः पुचः बुटवलका अध्यक्ष अरुणलाल श्रेष्ठको अध्यक्षता,सचिव राजकुमार श्रेष्ठको संचालनमा भएको छलफलमा संचारविद् कायश्थ,नेवाःदय दबुका राष्ट्रिय उपाध्यक्ष श्रेष्ठ,बुटवल नगरपालिकाका पूर्व मेयर भोजप्रसाद श्रेष्ठ,उपमेयर बिमलबहादुर शाक्य लगायतका नेवार अगुवाहरुले भाषा,संस्कृति संरक्षणका विषयमा आआफ्नो बिचार राख्नु भएको थियो ।
कार्यक्रममा नेवाः समाज कालिकानगर तथा भीमसेन गुठी गोलपार्क समितिका पदाधिकारी र सदस्यहरुको पनि सहभागिता रहेको उपाध्यक्ष श्रेष्ठले बताउंनु भयो । भेलाले मंसिर ४ गते पाल्पा,भैरहवा क्षेत्रका अगुवा नेवारहरुको सहभागितामा बुटवलमा बृहद बैठक डाकिएको र तीन दिने कार्यशाला राख्ने बारेमा छलफल गर्ने समेत उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।