बन्द भयो “ओपन क्यासिनो”
नवलपरासी, ९ मंसिर-एकादशीको समयमा खुल्ला क्यासीनोको रुपमा परीचित नवलपरासीको पिठौली र गुन्द्रहीमा जुवा तास निषेध गरीएपछि यस वर्ष पनि मेला विशुद्ध सास्कृतिक र धार्मिक तवरले सम्पन्न भएको छ । एकादशी मेलामा जूवा खेल्न रोक्न मेला स्थलमा अस्थाई प्रहरी पोष्ट नै स्थापना गरीएको छ ।
गत वर्ष स्थानीयवासीन्दाले मेलामा जुवा तास रोकेर मेलालाई धार्मिक र साँस्कृतिक रुपमा सञ्चालन गर्ने भनेपछि प्रहरीको सहयोगमा जुवा तासं र मदिरा निषेष गरीएपछि मेला अहिले थप सभ्य र भव्य देखिएको छ । अघिल्ला वर्षहरुमा प्रहरीकै आखां अगाडी लाखौ रुपैयाको जुवा खेल्नेक्रम भंग भएसंगै यस वर्ष साँस्कृतिक र खेलकुदका कार्यक्रम गरी मेला सञ्चालन गरीएको स्थानीयवासीन्दाहरुले वताएका छन् । अघिल्ला वर्षहरुमा जुवा तास खेल्ने र जित हार जे भएपनि मदिरा सेवन गरी होहल्ला गर्ने प्रवृति पनि कम भएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नान्तिराज गुरुङगले जानकारी दिए ।अघिल्ला वर्षहरुमा दशैं र तिहारमा जूवा खेल्दा हार्नेहरुले एकादशी मेलामा उठाउने भन्दै यहा“ कौडा र तास खेद्यने गर्थे । जुवा खेल्नकै लागि पिठौलीमा राजधानी देखि विभिन्न शहरका नामुद जुवाडेहरुको उपस्थिती हुने गर्दथियो । तर यस पटक प्रहरी र स्थानीयको सक्रियताका कारण जुवा बन्द भएको मेला व्यवस्थापन समितिका संयोजक सञ्जय भट्टराईले वताए ।
