|

राष्ट्रपतिको आव्हान स्वभाविक– महत

नवलपरासी, ९ मंसिर-नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले राष्ट्रपति डा. रामवरण यादवले सातादिन भित्र सहमतिको सरकारको लागि आव्हान गर्नु स्वभाविक भएको बताएका छन् । साथै उनले भने "राष्ट्रपतिले सात दिन भित्र सहमति सरकारका लागि आव्हान गर्नुभाछ " । त्यो स्वभाविक हो र उचित निर्णय हो ।

शनिबार नवलपरासीको त्रिवेणी गजेन्द्रमोक्षधाममा गण्डकी नारायणी पूजनको लागि आएका महतले सञ्चारकर्मीहरुसंग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।महतले हप्तादिनभित्र सहमति खोज्नु पर्नेमा जोड दिंदै त्यसका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री छाडेको घोषणा गरेर प्रतिपक्ष दलहरुलाई नेतृत्व चयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रपतिको आव्हान स्वभाविक– महत"

Leave a reply