तपोभूमिको साधारणसभा सम्पन्न
अशोक गौतम,बुटवल, मंसिर ९ । तपोभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल १२ रुपन्देहीको प्रथम साधारण शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भिमबहादुर थापाको सभापतित्व र विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष उदयराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष यमकान्त गैरे, मंगलमय बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष किसनबहादुर थापा, माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्ली नारायण पाण्डे, दुई नम्बर टोल विकास समितिका अध्यक्ष पदमबहादर थापा, चार नम्बर टोल विकास समिति का रामकुमार श्रेष्ठ, शेयर सदस्य बसन्ती कार्की, खड्गबहादुर महतलगायतले बोलेका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक प्रमोदप्रसाद कसौजु लेखा प्रतिवेदन पेस गरेका थिए भने वार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष धनबहादुर पुनले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष धर्मराज पौडेलले गरेका थिए भने सञ्चालन सचिव विष्णु नेपालीले गरेका थिए ।
