|

सिलाई पसलमै युवतीलाई जवरजस्ती करणी गर्ने युवक पक्राऊ

सुनसरी, १३ मंसिर । सुनसरी जिल्लामा युवतीलाई जवरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही सुरु गरेको छ ।

चाढवेला–१ घर भएकि १७ चौधरी थरकि १७ वर्षीया युवतीलाई सोनापुर–२ मा सोमबार बेलुका जवरजस्ती करणी गरेको अभियोगमा सिलाई पसलका तजमुल मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२४ वर्षीया मियाँ सोनापुर–२ घर भई दुहवी–७ मा कपडा सिलाई पसल गरी बस्दै आएका छन् । युवती पनि सोही पसलमा काम गर्दै आएकि थिईन ।

दुहवी–७ मा रहेको कपडा सिलाई पसलमा जवरजस्ती करणी गर्ने क्रममा हो–हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल आएको प्रहरीले मियाँ र युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।युवतीले मियाँले जवरजस्ती करणी गरेको बताएकि थिईन । सो आरोप पछि पीडित युवतीलाई प्रहरीले स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
स्रोत :सौर्य दैनिक

Posted by Butwalonline on 6:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिलाई पसलमै युवतीलाई जवरजस्ती करणी गर्ने युवक पक्राऊ "

Leave a reply