लुम्बिनी विकासका लागि एपेकसँग भयो सम्झौता
काठमाण्डौं २२ कात्तिक, मुस्लिमको मक्का र क्याथोलिकको भेटिकन सिटी जस्तै लुम्बिनीलाई बौद्धमार्गीका लागि अन्तराष्ट्रिय पवित्र तीर्थस्थल बनाउन बृहत्तर लुम्बिनी बिकास राष्ट्रिय निर्देशक समिति र एशिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेसन (एपेक) फाउण्डेसनका वीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्षसमेत रहेका निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एपेक फाउण्डेसनका कार्यकारी उपाध्यक्ष सियाओ उनानले हस्ताक्षर गरेका छन् । एपेकले काठमाडौदेखि एक सय ७१ किलोमिटर पश्चिममा रहेको लुम्बिनीको पूर्वाधार बिकासमा तीन अर्व अमेरिकी डलर सहयोग जुटाउने इच्छा व्यक्त गर्दै आएको छ ।
लुम्बिनी बिकासका लागि बौद्धमार्गी साँस्कृतिक संरक्षण क्षेत्र र नेपाल चीन बौद्धमार्गी साँस्कृतिक आदान प्रदान गर्ने समझदारी भएको हो चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य उनान बौद्धमार्गी हुन् ।
निर्देशक समितिसँगको समझदारीपत्रमा हस्ताक्षरपछि लुम्बिनीमा अत्याधुनिक सुविधायुक्त पाँचतारे होटल र टावर निर्माणको प्रक्रिया अघि बढाने छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भने ज्ञानप्राप्त गरेको स्थान बोधगया, ज्ञान बाँडन थालेको स्थान सारनाथ र निधन भएको स्थान कुशीनगर भारतमा पर्छन । बौद्धमार्गीका चार धामको रुपमा चिनिने ती स्थानको संयुक्त रुपमा बिकास गरी पर्यटकहरुलाई भ्रमण गराउन एपेकले बनाएको सात दिने भ्रमण प्याकेजमा तीन दिन नेपालमा र चार दिन भारतमा रहने व्यवस्था छ ।
नेपालमा भन्दा भारतका ती स्थान पर्यटकीय पूर्वाधारका हिसावले सुविधा सम्पन्न छन । त्यसैले नेपालमा पर्यटकीय पूर्वाधार बिकास गर्न एपेक फाउण्डेसनले चासो देखाउँदै आएको थियो ।
स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline
on 8:11 PM. Filed under
News,
News Source
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response