दिपावलीको अवसरमा सामाजिक सुरक्षाको भत्ता वितरण
लक्ष्मण पोखरेल,बुटवल कार्तिक २२, रुद्रपुर गाउविकास समितिले वडा दशै तथा दिपावलीको अवसरमा सामाजिक सुरक्षाको भत्ता वितरण गरेको छ ।
विगतका बर्षमा विवादित बनेको सामाजिक सुरक्षाको भत्ता यसपटक सम्बन्धीत व्यक्तिहरुलाई मात्र वितरण गरिएको गाविस सचिव रामजी गौतमले जानकारी दिए ।उनका अनुसार करिव १८ लाख रुपैया गाविसका अपाङ्गताभएका व्यक्तिहरु वृद्धवृद्धा दलित तथा एकल महिलालाई १२ सय जनालाई वितरण गरिएको हो ।सम्बन्धीत व्यक्तिलाई मात्र सामाजिसुरक्षाको भत्ता वितरण गरिएको कारण बास्तविक सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको बारेमा जानकारी हुने गाविस सचिव रामजी गौतमको भनाई छ ।
