अनेमसंघ अर्घाखाँचीद्धारा बन्दीलाई टीका र मखमली माला
भुवन केसी,सन्धिखर्क,मंसिर १ -अखिल नेपाल महिला संघ जिल्ला समिति अर्घाखाँचीको आयोजना अनेमसंघ केन्द्रिय सदस्य विजुला रायमाझीको नेतृत्वमा जिल्ला प्रहरी कार्यलयमा गएका महिलाहरुले बामरुक काण्डमा एक महिनादेखि प्रहरी हिरासतमा रहेका एमाले कार्यकर्ता प्रेम रेग्मी र जित बहादुर खड्कालाई दीपावली २०६९ को शुभकामना साथै भाइ टीका लगाइदिएका छन् । उक्त कार्यक्रममा अनेमसंघ जिल्ला अध्यक्ष विष्णु आचार्य,उपाध्यक्ष इन्दिरा आचार्य,कोषाध्यक्ष दीपा आचार्य ,सदस्य गोमा श्रेष्ठ नेकपा एमाले जिकस प्रमिला क्षेत्री ,लिलावती भटराई,शुशिला गैरे र हिमा क्षेत्री,ललिता भटराई,माया ज्ञवाली,शान्ता क्षेत्री,कामना रायमाझीले संयुक्त रुपमा टीका र फूलमाला लगाइदिएका छन् ।सो संक्षिप्त कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री,जिल्ला उपाध्यक्ष जनार्दन खनाल ,सचिव दल बहादुर भटराई ,सचिवालय सदस्य तथा स्कुल बिभाग जिल्ला प्रमुख,अञ्चल सदस्य बुद्धि बहादुर रायमाझी,सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख प्रेम गैरे,सचिवालय सदस्यहरु युवराज श्रेष्ठ,सरोज भुसाल,रामचन्द्र पोख्रेल ,प्रचार बिभाग अञ्चल सदस्य हिम ब. जि.सी ,पत्रकार महासंघ जिल्ला अध्यक्ष शोभाखर पन्थी, समाजसेवी बालकृष्ण आचार्य र प्राध्यापक अरुण क्षेत्रीले दीपावलीको शुभकामना ब्यक्त गर्नु भएको छ ।
अनेमसंघका अगुवाहरुले आफ्नै दाइभाइ मात्र होइन समाजमा विकृति र विसंगतिको विरुध्दमा उभिने एमाले योध्दाहरुलाई समेत कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिदै हिंसा मुक्त मर्यादित र सभ्य समाजको निर्माण गर्ने कार्यमा लाग्न आह्वान समेत गरेका छन् ।
