|

साउदीमा १५ महिनाभित्र ३ सयभन्दा बढी नेपालीको मृत्यु

काठमाण्डौं मंसिर १२ - वैदेशिक रोजगारीका लागि साउदी अरब गएका कामदारमध्ये १५ महिनायता ३ सयभन्दा बढीको मृत्यु भएको छ । काम गर्दा गर्दै मृत्यु भएका ती कामदारका परिवारलाई साउदीले बिमाबापत ८ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ । सडक दुर्घटना, प्राकृतिक घटना, रोगलगायतका कारणले उनीहरुको ज्यान मृत्यु भएको र तीमध्ये कतिपयले आत्महत्या पनि गरेका थिए ।

साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेकोमा पछिल्लो समय यो सख्या भने घटेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । सरकारले अभिमुखीकरण र स्वास्थ्य सचेतना कार्यक्रम अगाडी सारेकाले यो संख्या घटेको राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।
स्रोत:ऑनलाइन खबर

Posted by Butwalonline on 5:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदीमा १५ महिनाभित्र ३ सयभन्दा बढी नेपालीको मृत्यु"

Leave a reply