|

मंसिर २१ गतेदेखि भैरहवामा लुम्बिनी पर्यटन महोत्सव


काठमाडौं, मंसिर १२ । लुम्बिनी क्षेत्रको विकास गर्ने उदेश्यका साथ मंसिर २१ गतेदेखि भैरहवामा लुम्बिनी पर्यटन महोत्सव एवं कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६९ हुने भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे विस्तृत जानकारी गराइएको हो । स्थानीयस्तरमा उत्पादित वास्तुकला तथा हस्तकलाका सामाग्रीको बजार प्रवद्र्धन, लुम्बिनीमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य सहित मेला गर्न लागिएको आयोजकले जनाएका छन् ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनी, उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानिय घरेलु तथा साना उद्योग लगायतको सहभागिता रहने छ । मेलाका आकर्षणहरुमा हेलिकप्टरबाट बुद्ध सर्किट क्षेत्रको दृश्यावलोकन, अष्ट्रिच अवलोकन लगायत रहेको आयोजक सिद्धार्थनगर उद्योग वाणिज्य संघले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि टुर प्याकेजको समेत व्यवस्था गरिएको बताइएको छ ।

मेलाले लुम्बिनी भ्रमण वर्ष एवं लगानी वर्षलाई समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । मेलामा २ सय ८० वटा स्टल रहने छन् भने करिब १० करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् । मेला पुस १ गतेसम्म चल्ने छ ।
स्रोत:ईमेज  च्यानल 

Posted by Butwalonline on 5:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मंसिर २१ गतेदेखि भैरहवामा लुम्बिनी पर्यटन महोत्सव "

Leave a reply