|

बक्स अफिस फिल्म अवार्ड २०६९ कार्यक्रम दुबईमा हुने

लालबहादुर ढेंगा, दुबई, युएई,दुबई । बक्स अफिस फिल्मी क्लव नेपाल र सनहिल्स सिनेमा प्रोडक्शन एलएलसी दुबईको संयुक्त आयोजनामा आगामी ७ डिसेम्बर २०१२ शुक्रबारका दिन युएईको मुतु मानिने सहर दुबईस्थित अल नासर लिसरल्याण्डको बिशाल हलमा नेपालकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रको सर्वश्रेष्ठ दोस्रो बक्स अफिस फिल्म अवार्ड २०६९ कार्यक्रम सम्पन्न हुने भएको छ ।

उक्त अवार्ड कार्यक्रम अन्तर्गत उत्कृष्ट निर्माता, निर्देशक, नायक, नायिका, गायक, गायिका र हांस्य कलाकार आदिलाई अवार्ड वितरण गरिने छ भने नेपाली चलचित्र जगतका चर्चित नायक, नायिका, गायक गायिका र अन्य कलाकारहरुद्धारा विविध रंगारंग सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने भएको छ । यसभन्दा पहिला पहिलो बक्स अफिस फिल्म अवार्ड कार्यक्रम काठमाण्डौंको दशरथ रंगशालामा सम्पन्न भएको थियो ।यसपटक भने युएईमा कार्यरत प्रवासी नेपालीहरुको बढ्दो मागलाई मध्येनगर गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्रलाई चिनाउने हेतुले दुबईमा आयोजना गर्न लागेको हो ।

यस अवार्ड २०६९ कार्यक्रममा भाग लिनका लागि नेपालबाट ४० जनाको टिम दुबईमा आउने भएको छ । जस्मा फिल्मी हस्तीहरुमा निर्माता निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, सुपर स्टार भुवन केसी, सदावहार नायक शिव श्रेष्ठ, अहिलेका चर्चित नायक सुमन सिंह, आर्यान सिक्डेल, जयकिशन बस्नेत, नायिका रेखा थापा, सोनिया केसी, निशा अधिकारी, पूजना प्रधान, निशा सुनुवार, रिर्ऋा शर्मा, गायक राजेशपायल राई, रामजी खांड, दीपक लिम्बु, प्रकाश पौडेल, मुना थापा मगर, हांस्य कलाकार दीपकराज गिरी, नरेश भट्टराई र उत्तम गौडेल आदि कलाकारहरु रहेका छन् ।

दुबई सहर नेपाली नायक नायिकाहरुको लागि खासै नौलो हैन, कतिपय कलाकारहरु त तीन–तीन पटकसम्म पनि आइसकेका छन् । तर, कुनै कलाकारहरु भने पहिलोपटक आउंदै हुन् । यति ठूलो संख्यामा ४० जनाको टोली पहिलोपटक आउने भएकोले युएईका नेपाली दर्शकहरु पनि निकै उत्साहितमा देखिन्छन् । यस अवार्ड कार्यक्रमबाट खाडी मुलुकहरुमा नेपाली चलचित्र जगतको राम्रो छवि रहने जनाइएको छ ।

कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि आयोजकहरु व्यावस्थापनमा लागिपरेको समाजसेवी तथा व्यावसायी विदुर रावतले जानकारी दिएको छ । यसै समाचारलाई आधार मानेर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भई भव्य रुपमा सफल पार्नको लागि आग्रह समेत गरेको छ । 
   

Posted by Butwalonline on 6:04 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बक्स अफिस फिल्म अवार्ड २०६९ कार्यक्रम दुबईमा हुने"

Leave a reply