नेगोसिडा रञ्जन सागर स्मृति फूटबलको क्वाटर फाइनलमा
बुटवल कार्तिक १९ । नेगोसिडा बुटवलको फिफा टेक्निकल सेन्टरमा जारी रञ्जन सागर स्मृति नकआउट फूटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रबेश गरेको छ । आइतबार सम्पन्न खेलमा न्यु बुद्ध क्लव टिकुलीगढमाथि ४–० को एकतर्फि जित हात पार्दै नेगोसिडा क्वाटर फाइनलमा पुगेको हो ।
नेगोसिडका लागि मनिष केसीले २ तथा रबिन थापा र सुरज घनाङले १÷१ गोल गरे । मनिषले २५ र ६३ औ मिनेटमा गोल गरे भने रबिनले खेलको १९ औं र सुरजले खेलको ५७ औ मिनेटमा क्रमशः गोल गरेका थिए ।
उक्त खेलमा न्यू बुद्धका नबिन पुनले पहेलो कार्ड पाए भने रोशन गुरुङले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरे । नेगोसिडाले २३ गते हुने क्वाटर फाइनलमा न्यू सिर्जना युवा क्लवको सामना गर्नेछ ।
एन्फा एकेडेमी र सुनौलो संगम युवा क्लब देवीनगरको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता अन्र्तगत आज सोमबारको पहिलो क्वाटर फाइनलमा डिएमसी र गोर्खाव्वाइज आमने सामने हुदैछन् ।