महायज्ञमा ३ करोड १० लाख रुपैयाँ संकलन
सीता भण्डारी,गुल्मी,२२ कार्तिक ,जिल्लाको पहिलो रेसुङ्गा वहुमुखी क्याम्पसको वृहतर विकासका लागि सुरु भएको श्रीमद भागवत विश्व शान्ति महायज्ञ बुधबार सकिएको छ । सात दिन सम्म चलेको उक्त महायज्ञमा ३ करोड १० लाख भन्दा बढी रकम सकंलन भएको छ ।
महायज्ञमा ब्यक्तिगत तर्फ सबैभन्दा बढी रकम सदरमुकाम तम्घास ४ निवासी राजकुमार कक्षपती रहेका छन । उनले २१ लाख रुपैया महायज्ञमा क्याम्पसका लागि दान गरेका हुन । उनले सदरमुकाम तम्घासको अर्घाखाची जाने बाटोमा रहेको जग्गा दान गरेका छन । त्यस्तै महायज्ञमा तम्घास ६ निवासी बिष्णु प्रसाद पन्थीले २० लाख रुपैया दान गरेका छन भने सघं सस्थाको तर्फबाट जिल्ला विकास समिती गुल्मीले ३० लाख रुपैया र चिन्तामणी निमकला प्रतिष्ठान तम्घास गुल्मीले १५ लाख रुपैया महायज्ञमा दान गरेका छन । महायज्ञमा ५ लाख रकम दान गर्ने आधा दर्जन भन्दा बढी रहेका छन भने ४लाख ३ लाख, २लाख र १ लाख भन्दा बढी दान गर्नेहरु ५ दर्जन भन्दा बढी रहेको आर्थिक समितीका सयोजक दुगाचन्द्र बोहराले जानकारी दिए ।
क्याम्पसको निर्णय अनुसार २१ लाख दान दिने कक्षपती र २० लाख दान गर्ने पन्थीको नाममा नाममा एक एक कोठा नामाकरण हुने भएको छ । प्रवचन सुन्न तथा दर्शनका लागि हरेक दिन दर्शनार्थीहरुको दिन पतिदिन वाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ । महायज्ञमा बाचन प्रविण पण्डित दीनवन्धु पोखरेलले सगींतमय कथा वाचन गरेका थिए । क्याम्पसमा समयानुकुल विषयहरु थप गर्न, सञ्चालित विषयहरुलाई अझ वढी व्यवस्थित गर्न, स्नाकोत्तर डिग्री तहलाई परिपुर्ण वनाउन एवं क्याम्पसलाई एउटा अनुसन्धान केन्द्रको रुपमा विकास गर्नकालागि आर्थिक श्रोत जुटाउने उद्धेष्यले महायज्ञ आयोजना गरिएको क्याम्पसले जनाएको छ । महायज्ञमा गुल्मी लगायत छिमेकी जिल्ला तथा देश बिदेशबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।