फौजी कीराको प्रकोपबाट ६५ लाख बराबरको धान क्षति
कपिलवस्तु, २२ कािर्तक - कपिलवस्तुमा काटने तयारी अवस्थामा रहेको चार सय ३९ मेट्रिक टन धान बाली फौजी कीराले नष्ट भएको छ । ११ गाबिसको २ सय ९ हेक्टरमा लगाईएको ६५ लाख बढी मुल्यको धान पुर्णरुपमा सो कीराले सखाप पारेको जिल्ला कृषि कार्यालयले जनाएको छ ।
कृषि कार्यालय अनुसार चार सय कृषकका धान नष्ट भएको तथा ८ सय ३६ हेक्टरमा लगाईएको धानमा फौजी कीराले प्रभावित गरेको थियो ।
असोज अन्तिम साताबाट देखिएको प्रकोपले जिल्लाको चनई, दुबिया, बुढ्ढी, राजपुर, हथौसा, भलवाड, पतरिया, धनकौली, शिवपुर र बिरपुर गाबिसमा लगाईएको धान बालीमा क्षति पुराएको थियो । सबै भन्दा बढी चनई गाबिसको दुई सय ७२ हेक्टर र दुबिया गाबिसको सय हेक्टर धान बाली सो प्रकोपबाट नाश भएको थियो । शुरुकमा दुई गाबिसका देखिएको सो प्रकोप तीब्र गतिमा फैलदै गएको थियो ।
प्रकोेप नियन्त्रण तथा क्षति बिवरण संकलनका लागि कृषि कार्यालयले पाँच वटा प्राबिधिक टोली पठाएको थियो । पछि बजेट मिलन हुने गरी कृषि कार्यालयले बाली संरक्षणको रकमबाट कही बिषदी खरिद गरी प्रभावित क्षेत्रमा कीरा नियन्त्रणका लागि बिष छर्किएको थियो । बजेट नभए पछि कृषि कार्यालयले जिबिससंग बिषादी किन्न एक लाख रुपैया माग गरे पनि जिबिसले २५ हजार रुपैया उपलब्ध गराएको कृषि कार्यालय प्रमुख खुस्र्रेद अहमद खाँले जनाए ।
कीरा उज्यालोमा धानको गाजमा लुक्ने र सर्यास्त हुने बित्तिकै फौजी शैलीमा एकै साथ बालीमा आक्रमण गरी नाश गर्ने गर्दछ । बालालाई केस्रा केस्रा पारेर नाश गर्ने गर्दछ । चार बिघमा लगाएको धान तीन दिन मै कीराले सखाप पारेको दुबिया गाबिसका सुरेन्द्र राज आर्यालले बताए । उता कृषि कार्यालयले प्रकोप नियन्त्रणमा आईसकेको दाबी गरे । दशैका बेला दिनरात प्राबिधिक टोली खटेर काम गरेकोले सयममै नियन्त्रणमा आएको उनको भनाई छ । तर केही कृषकले भने रोग अझै थुप्रै गाबिसका फैलदै गएको तथा कृषि कार्यालयले ठोस पहल नगरेको गुनासो गरे ।