कर छली गर्न दुई वटा बिल प्रयोगमा
किरणमान बज्राचार्य,कपिलवस्तु ,२२ कार्तिक-कर छलीका लागि ब्यपारीहरुले अनेक हत्कण्डा अपनाउने गरेको रहस्यर खलुेको छ । कपिलवस्तुकोे एक प्रतिष्ठीत सीमेन्ट उद्योगले राजस्व छली गर्न गर्न दुई प्रकारको बिल प्रयोग गरेको पाईए पछि यस्तो गरेको रहस्य सार्वजनिक भएको हो । ईलाका प्रहरी कार्यालय चन्द्रौटाले गत असोज २६ गते राती स्थानिय बजारको आचार्य हार्डवेयरमा छापा हान्दा दुई प्रकारको बिल फेला पारेको थियो । हार्डवेयरले पशुपति सीमेन्टस प्रा.लि. बाट खरिद गरेको २ सय २० बोरा सीमेन्टको बिल दुई वटा फेला पारेपछि उक्त तथ्य बाहिर आएको थियो । प्रहरी निरिक्षक यम प्रसाद घतीको टोलीले हार्डवेयर बाट लु १ ख ३४३४ नम्बरको ट्रकमा अनलोड गरिएको सोहि परिणामको दुई वटा बिल फेला पारेको थियो । आचार्य हार्डवेयरले विश्वकर्मा सीमेन्ट लोड गरि ल्याएपनि जिल्ला विकास समितिले लगाएको बातावरणीय कर छली गर्न तथा स्टक म्यानेज गर्न कम्पनीले दुई किसिमको बिल प्रयोगमा ल्याएको हुन सक्ने प्रहरी निरिक्षक घर्तीले बताउनुभयो । प्रहरीले राजस्व छलि गर्ने फर्म तथा उद्योगलाई कारवाही गर्न भन्दै आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा शुक्रबार सीमेन्ट सहित ट्रक बुझाएको छ ।
श्रोतका अनुसार कर छल्नका लागि उद्योग भित्रै बाट उनीलाई ओम हार्डवेयर जवाभारी तथा प्रियंका हार्डवेयर जवाभारीको नाम बाट विल काटिएको थियो । तर प्रहरीले सोहि बिलको आधारमा ट्रक पक्राउ गरेपछि ठिक दुई घण्टा भित्र पशुपति सीमेन्ट प्रा.लि.को अर्को बिल देखाइएको थियो । पछिल्लो काटिएको बिलको पान नम्बर भएपनि भ्याटमा भने दर्ता नभएको राजस्व कार्यालय कृष्णनगरले जानकारी दिएको छ । जवाभारी स्थित उक्त सीमेन्ट उद्योग किनार तथा त्यस क्षेत्रमा त्यस नामको कुनै हार्डवेयर समेत नरहेको प्रहरी निरिक्षक घर्ती बताउनुहुन्छ । “यो सरासर करछली हो राजस्व कार्यालयले तत्काल कारवाही प्रक्रिया अघि बढाउनुपर्छ” उहाले भन्नुभयो “प्रयाप्त प्रमाण हुदाहुदै कारवाही नगरिए अरुले पनि करछली गर्न सुरु गर्छन् ” ।
यता आचार्य हार्डवेयरका प्रमुख प्रविण आचार्यले जिविसको बातवरणीय कर छल्न आफुले दुई प्रकारको बिल बनाएको स्वीकार गरे । उनले पशुपति सीमेन्ट प्रालिको बिल आफु संग रहेको दाबी गर्दै पहिले देखाएको बिल नक्कली भएको बताए । तर बिल अनुसारको परिणामकै आधारमा भ्याट दाखिला गरि चौमासिक रुपमा प्रतिवेदन तथा राजस्व बुझाउनुपर्ने हुदा उक्त नक्कली बिल प्रयोग गर्नु गलत भएको राजस्व कार्यालयका कर्मचारीहरुको भनाई छ । जिविसको सीमेन्ट कर उठाउने ठेक्का पाएका अर्जुन केसीले थुप्रै सीमेन्ट कम्पनीबाट आउने सीमेन्टका बिलहरु अधिकांश रुपमा नक्कली हुने गरेको आरोप लगाए । “हामीलाई ३ रुपैया ठग्न उनीहरुले राज्यबाट ३० रुपैया राजस्व लुकाइरहेका छन्, तर राजस्वले कुनै चासो देखाएको छैन” उनले भने । आफुहरुले पटक पटक राजस्व चुहावट भइरहेको बारे जानकारी गराउदा पनि राजस्व कार्यालयले कुनै चासो नदेखाउने समस्या बढ्ेको र आफुहरुलाई समेत ठेक्कामा घाटा लागिरहेको उनले ले गुनासो गरे
प्रहरीले बिल सहित ट्रक बुझाएपछि ट्रक छुटाउन व्यापक आर्थिक चलखेल सुरु भएको राजस्व कार्यालयका एक तल्लो तहका कर्मचारीले बताए । पशुपति सीमेन्ट प्रा.लि.का नन्दकिशोर शर्माले कर कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारि अनुसन्धान फितलो बनाउन खेल शुरु भएको स्रोतको दाबी छ । यता कर अधिकृत सुर्य सुर्खालीले करछली गरेको प्रमाण पुरा नभएको र सीमेन्ट कम्पनीको यसमा कुनै संलग्नता नरहेको बताए । उनले प्रहरीले पठाएको दुइृ वटा बिल सम्बन्धि अनुसन्धान गर्ने र दोषि पाईए दण्ड जरिवाना गराउने बताए । उक्त बिल कम्पनीले नै दिएको भन्ने प्रमाण नभएकाले तुरन्तै कम्पनीलाई कारवाही गर्न नमिल्ने उनको भनाई छ । घटना पछि पशुपति सीमेन्टस् प्रा.लि.ले भने कुनै प्रतिक्रिया दिएको छैन । करछली गरेको प्रमाण हुदाहुदै राजस्व कार्यालयले कारवाही तिर चासो नदेखाउदा स्थानियबासी तथा प्रहरी आक्रोशित बनेको छ । एउटै मितिमा, एउटै ट्रकमा एउटै परिमाणको सीमेन्ट एउटै हार्डवेयरमा खसाल्न कम्पनीले भ्याट बिल तथा अर्को हार्डवेयरले छुट्टै पान नम्बर मात्र भएको बिल जारी गर्नु शंकास्पद देखिन्छ । उता प्रियंका हार्डबेयरका मालीक निरंजन कलवारले कर कार्यालयमा आफुले खरिद गरेको भ्याट बील हराएको तथा तीन महिनामा केवल एक लाख ३५ हजारको मात्र कारोवार भएको बयार दिएका छन् ।