|

कतारमा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु

इलाम, मंसीर १४ - वैदेशिक रोजगारीमा कतार गएका सुलुबुङ्गका एक युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ। सुलुबुङ्ग- ८ का ३५ वर्षीय चुडामणि साउदेनको गत २१ तारिख कार दुर्घटनामा मृत्यु भएको परिवारजनले बताएका छन्।

साउदेन दोहास्थित सिनो हाइड्रो कम्पनीमा कार्यरत थिए । उनको शव नेपाल ल्याउन पहल भइरहेको मृतककीबहिनी सम्झना साउदेनले जानकारी दिइन्। चुडामणि चार वर्षअघि पाथीभरा ओभरसिज म्यानपावर कम्पनीमातर्फत कतार गएका थिए। उनको श्रीमती, एक छोरा र दुई छोरी छन्।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु"

Leave a reply